शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा छुट्टाछुट्टै घटनामा २ को मृत्यु

शनिबार, २५ साउन २०७६, १८ : ५०
शनिबार, २५ साउन २०७६

बुटवल । कपिलवस्तुमा आज दिउँसो इनारमा खस्दा एक बालिकाको मृत्यु भएको छ । 

कपिलवस्तु शिवराज न.पा.–६ मजगौवा बस्ने बाहु पासीको ५ वर्षीया छोरी भौली भन्ने सुन्दरी पासीको इनारमा खस्दा मृत्यु जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । 

खेल्ने क्रममा इनारमा खसेर बेहोस भएकी पासीको उपचारको क्रममा शिवराज अस्पताल बहादुरगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिका–७ गौडीचोकमा ट्याक्टरले किच्दा स्थानीय १४ वर्षीय रञ्जित थारुको मृत्यु भएको छ । 

उनलाई ना६त ७४०१ को ट्याक्टरले माटो अनलोड गर्ने क्रममा ब्याक गर्दा किचेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप