बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उफ ! सडक जाम : १४ किलोमिटर पार गर्न २ घण्टा समय

आइतबार, २६ साउन २०७६, १५ : २९
आइतबार, २६ साउन २०७६

भक्तपुर– भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको पुरानो बसपार्क पुग्न सार्वजनिक यातायातमा कति समय लाग्ला ?  तपाई भन्नुहोला २० देखि मिनेट । तर तपाईको त्यो उत्तर गलत ठहरिन्छ । १४ किलोमिटर लम्बाईको त्यो सडकखण्ड पार गर्न सार्वजनिक यातायात चढे्ने जो कोही पनि करिब २ घण्टा बसभित्रै बस्नुपर्ने बाध्यता छ । 

जापान सरकारले केही समय अगाडि बनाइदिएको सर्भिस लेनसहित ६ लेनको कोटेश्वर–भक्तपुर सडकखण्डमा अहिले दैनिकजसो ट्रफिक जामको समस्याले सर्वसाधरणहरु मर्कामा पर्ने गरेका छन् ।  ललितपुरबाट आउने, गैरीगाउँबाट आउने, भक्तपुर र काडाँघारीबाट जाने सबै सवारी साधनहरु कोटश्वरचोक हुँदै बानेश्वर, सिनामंगलतर्फ जाने गर्दछन् ।  कार्यालय समयमा निकै सकस हुने गरेको भक्तपुरबाट काठमाडौं जानुपर्ने मानिसहरु बताउँछन् । 

पूर्वबाट सिन्धुली हुँदै आउने सवारी साधनका कारणले अरनिको राजमार्गको यो खण्डमा सवारी साधनको चाप हुने गर्दछ ।  प्रदेश नम्बर १ र २ लाई देशको राजधानी छिर्ने छोटो दूरीको यो सडक ३ नम्बर प्रदेशको काभ्रे, सिन्धुली, रामेछाप, दोलखा र सिन्धुपाल्चोकको समेत प्रवेश मार्ग हो । 

महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायव उपरिक्षक चक्रराज जोशीका अनुसार दैनिक १० हजार सवारी साधनले यो सडकमा ओहोरदोहोर गर्दछन् ।  दुर्घटना अत्याधिक भएको भन्दै भक्तपुर प्रहरीले प्रतिघण्टा ५० किलोमिटर गतिमा मात्र सवारी चलाउन पाउने नियम लागू गरेको छ । 

ट्रिपर/ट्रकलाई समेत कार्यालय समयमा निधेष गरेको भएपनि सवारी जाममा भने कमी आएको देखिँदैन ।  बिहान र साँझको समयमा हुने सवारी जामका कारणले कहिलेकाहीँ त एम्बुलेन्स समेत जाममा पर्ने हुँदा बिरामीको उपचारमा कठिनाई मात्र होइन ज्यान नजाला भन्न सकिदैंन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप