शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्वेता तिवारीका श्रीमानले सौतेनी छोरीलाई कुटे, मुद्दा दर्ता

सोमबार, २७ साउन २०७६, १३ : ०९
सोमबार, २७ साउन २०७६

टिभीकी चर्चित नायिका श्वेता तिवारी धेरै समयदेखि पर्दाबाट गायब छिन् । उनी आफ्नो परिवारसँग समय बिताइरहेकी छिन् । तर पछिल्ला केही समयदेखि श्वेता र उनका श्रीमान्बीच खटपट भइरहेको खबर सार्वजनिक भइरहेका छन् । खबरका अनुसार श्वेता एकपटक पुनः घरेलु हिंसाको शिकार भएकी छिन् र अभिनवले आफ्ना सौतेनी छोरी पलकमाथि पनि हात उठाएका छन् ।

श्रीमानले छोरीलाई कुटेः

एक वेबसाइटका अनुसार गत वर्ष श्वेता र अभिनवबीच केही समस्या चलिरहेको छ । तर दुबैले यो कुरा स्विकार गरेका थिएनन् । जहाँ श्वेता यसबारे चुप लागेर बसिन् भने अभिनवले यसलाई अस्विकार गरे । तर अभिनवले रिसमा श्वेताकी छोरी पलकलाई पनि थप्पड हानेको बताइएको छ । त्यसपछि श्वेता सिधा पुलिस स्टेशन पुगे ।

धेरैजसो नशामा रहन्छन् अभिनवः

वेबसाइटले आफ्नो स्रोतको हवाला दिँदै पुलिस स्टेशनमा श्वेता आफ्नी छोरीसँगै रोइरहेकी थिइन् र चिच्याइरहेकी थिइन् । त्यतिबेला उनकी आमा पनि सँगै भएको बताइन्छ । श्वेताले पुलिसलाई अभिनव धेरैजसो रक्सीको मातमा मात्र भइरहेका जानकारी दिएकी छिन् । उक्त घटनापछि अभिनवलाई आइतबार करिब १ बजे पुलिस स्टेशन पुर्याइयो । त्यसपछि उनीहरु चारैजना करिब ४ घण्टासम्म त्यहाँ बसे । यद्यपि, अन्त्यमा श्वेताले आफू कानूनी लडाईं  नलड्ने र यो मामलालाई घरमा नै सुल्झाउने कोसिस गर्ने भन्दै पुलिस स्टेशनबाट बाहिरिएको बताइन्छ ।

यद्यपि, एक अन्य वेबसाइटका अनुसार यो मामलामा अभिनवविरुद्ध मुद्दा दर्ता भएको छ जसमा अभिनवले श्वेताकी छोरी पलकका लागि अभद्र भाषासमेत प्रयोग गरेको थिए । श्वेताले अभिनवमाथि छोरीमाथि अभद्र टिप्पणी गरेर र अक्टोबर सन् २०१७ मा आफ्नो मोबाइलमा मोडलका अश्लील तस्बिर देखाएर उनको (पलकको) शालीनता नष्ट गरेको आरोप लगाइन् ।

स्मरण रहोस्, श्वेताको पहिलो विवाह राजा चौधरीसँग भएको थियो तर यो विवाहमा पनि उनी घरेलु हिंसाको शिकार भइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप