मानसिक रोगी युवती गर्भवती भएपछि....
बुटवल– मेरो (गोसाँ) मेरा श्रीमान पैसा कमाउन लाहुर जानुभएको छ । मैले कसरी पेट बोँके ? उनले भन्ने गरेकी छन् । तर उनी पेट बोकेर पनि सुत्केरी हुने अवस्थामा पुगेपछि अहिले गुल्मीको जिल्ला अस्पताल तम्घास ल्याइएको छ । उनी अविवाहित हुन् । अन्दाजी २५ बर्षीया उनी जिल्लाको रेसुङ्गा नगरपालिकावडा नम्वर ११ सिमीचौरकी अविवाहित युवती रुमकली नेपाली (नाम परिवर्तन) हुन् ।
उनी अत्यन्तै विपन्न परिवारकी भएकोले आफ्नै खर्चमा प्रसुति गराउनका लागि अस्पताल लिएर आएको त्यस वडाका वडाध्यक्ष खुमबहादुर रानाले बताए । ‘मैले मेरो रगत दिन परेपनि उनलाई बचाउँछु’ वडाध्यक्ष रानाले भने, ‘मानवअधिकारवादी संस्थादेखि सबै संघ–संस्थालाई पनि यी महिलाको उद्दारका लागि सहयोगको अपिल गर्दछु ।’
उनका अनुसार युवतीको मानसिक सन्तुल ठिक छैन । उनलाई कसले गर्भधारण गरायो भन्ने खुलेका छैन । वडा सदस्य हुमकला रानाले निकै फकाएर सोधिन् तर उनले कुनै व्यक्तिको नाम लिइनन् । उनले जतिबेला पनि ‘मेरो गोसाँ (श्रीमान) लाहुर जानुभएको छ, म कसरी गर्भवती भएँ ?’ भन्ने गरेकी छन् । उनको अहिलेसम्म कसैसँग विवाह भएको छैन ।
उनका बाबुआमाले दैनिक निमेक मजदूरी गरेर जिविका चलाउने गरेका छन् । उनले आफ्नो कल्पनामा रहेको लाहुरे श्रीमान भनिएका ब्यक्ति को हुन् भनेर पत्ता लगाउनका लागि प्रहरी प्रशासनको सहयोग लिने र उनलाई जिल्ला अस्पतालमा सम्भव नभए अरु कुनै अस्पतालमा खर्च जुटाएर पुर्याइने वडाध्यक्ष रानाले बताए ।
वडाध्यक्ष राना नेपाली सेनाका अवकाश प्राप्त सैनिक हुन् । उनी यसअघि पनि यस्ता मानवीय उद्दार कार्यमा जुट्दै आएका छन् । युवती बढी मात्रामा जथाभावी बाहिर डुल्ने गर्दथिन् । ब्यथा लागेर सडकमा लडेको थाहा पाएपछि वडाध्यक्ष रानाले जिप चालकलाई बोलाएर अस्पताल ल्याएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी