शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एक करोड पाएपछि दङ्ग युवराज

सोमबार, २७ साउन २०७६, १५ : १९
सोमबार, २७ साउन २०७६

काठमाडौं– चर्चित गायक युवराज चौलागाईंलेको गीत ‘तिम्रो माया पाउनलाई’ ले युट्युबमा एक करोड बढी दर्शक पाएको छ ।  युवराजले आफ्नै युट्युब च्यानलबाट केही अगाडि ल्याएको यो गीतले अहिलेसम्म १ करोड ९७ हजार बढी दर्शकले पाइसकेको छ । 

प्रेम र बिछोडको कथा बोकेको गीतको भिडियोमा पल शाह र आंचल शर्माको अभिनय रहेको छ । भिडियोले दर्शक पात्र पाएको होइन अधिकाँश कमेन्ट समेत सकारात्मक पाएको छ ।  पल शाहले नै निर्देशन गरेको गीतमा चन्द्र ज्योती आले मगरको शब्द र राजकुमार बगरको संगीत छ ।

एक करोड दर्शक पाएपछि युवराजले दंग हुँदै सामाजिक सञ्जालमा गीत शेयर गर्दै सम्पूर्ण दर्शकप्रति आभार प्रकट गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप