बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हङ्कङमा प्रदर्शन : आन्दोलनकारीको रणनीति फेरियो

सोमबार, २७ साउन २०७६, २३ : ४७
सोमबार, २७ साउन २०७६

एजेन्सी– हङ्कङमा सोमबार पनि विशाल प्रदर्शन भएको छ । सो प्रदर्शनका कारण दर्जनौ हवाइ उडानहरु रद्द भएका छन् । अधिकारीहरुका अनुसार एयरपोर्ट परिसरमा भएको प्रदर्शनका कारण सवारी आवतजावत र पार्किङमा समेत समस्या देखिएको छ । यसैबीच चीनले हङकङमा प्रहरी अधिकारीमाथि पेट्रोल बम फ्याक्ने प्रदर्शनकारीको निन्दा गरेको छ र त्यसलाई आतंकवादको संज्ञा दिएको छ ।

चीनको स्टेट काउन्सिल अन्तर्गतको हङकङ र मकाओ मामला कार्यालयका प्रवक्ताका अनुसार यो प्रदर्शन हङकङ कानुन र त्यहाँको सामाजिक व्यवस्थालाई ध्वस्त पार्न उदृत रहेको छ ।  चीनले प्रदर्शनकारीले बम फयाँकेको आरोप लगाइरहेको छ ।

विगत केही दिनदेखि थप चर्किएको आन्दोलनमाथि हङकङ पुलिसले अश्रुग्यास र गोली प्रहार गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुका अनुसार लोकतन्त्रको समर्थन गर्दै त्यहाँ ३ महिनादेखि आन्दोलन जारी छ ।

पछिल्ला दिन प्रदर्शनकारीहरुले आन्दोलनको रणननीति फेरेको संकेत दिएका छन् । उनीहरुले प्रहरीसँग सिधा भिडन्त गर्नुको साटो अप्रत्यक्ष रुपमा प्रदर्शन गर्ने जनाएका छन् । उनीहरुले अबको आन्दोलन प्रहरीसँग सिधा भीडन्त नभई उनीहरुलाई हैरान बनाउनमा केन्द्रीत हुने जनाएका छन् ।

प्रदर्शनमा सहभागी एक १७ वर्षीय छात्रले भनेका छन्, अब प्रहरी प्रशासनको ज्यादतिका विरुद्ध हामी साना साना समूह बनाएर प्रदर्शनमा उत्रिदै छौं, प्रहरीसँग सिधा भिड्नुको साटो उनीहरुलाई हैरान बनाएर कठिन पार्नेछौ ।’ सो आन्दोलनमा प्रदर्शनकारीहरु आफ्नो परिवार र बालबालिकासहित सहभागी भैरहेका छन् ।

सरकारले ल्याएको एक विवादास्पद विधेयकका विरुद्ध अहिले आन्दोलन चर्किएको हो । सरकारले अहिले  उक्त विधेयक  कार्यान्वयन गर्नुको साटो स्थगित गरेको छ । सो विधेयकमा चीनले अपराधीहरुलाई मुद्धा चलाउँदा प्रत्यार्पण गर्न सकिने कुरा प्रदान गर्ने उल्लेख गरेको थियो । त्यसको विरोधमा सुरु भएको आन्दोलन अहिले लोकतन्त्रको मुद्धासम्म पुगेको छ, जसले चीनका लागि टाउको दुखाइको विषय बन्न सक्ने देखिदै गएको छ । हङ्कङ चीनको स्वशासित क्षेत्र हो । आन्दोलन चर्किदै गएमा चीनले कडा निर्णय लिन सक्ने समेत आँकलन गरिदैछ । photo: Reuters

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप