बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आमिर खानकी छोरी इराको अचम्मको फोटोसुट, देखियो ग्ल्यामरस अवतार

मङ्गलबार, २८ साउन २०७६, १० : ४०
मङ्गलबार, २८ साउन २०७६

बलिउड नायक आमिर खानकी छोरी इरा खानको अचम्मको फोटोसुट सोसल मिडियामा चर्चाको विषय बनेको छ । फोटोमा इरा खानलाई निकै ग्ल्यामरस अन्दाजमा देखिएको छ । इराले फोटो सेयर गर्दै लेखिन्, ‘तिमी को हौ ?’

इराले इन्स्टाग्राममा उक्त फोटोसुटका विभिन्न तस्बिर सेयर गरेकी छिन् । फोटोमा इराले निकै अचम्मको पहिरन पनि लगाइरहेको देख्न सकिन्छ । उनको मेकअप पनि अचम्मको छ ।

मानिसहरुले उनको फोटोसुटमा ‘मेरो स्वप्न परी, ग्ल्यामरस, सुन्दर’जस्ता कमेन्ट गरिरहेका छन् ।

स्मरण रहोस्, इरा खान सोसल मिडियामा निकै सक्रिय छिन् । उनका थुप्रै फ्यान फलोविङ छन् । सोसल मिडियामा उनका ७० हजार बढी फलोअर्स छन् ।

इरा खानको बलिउड डेब्यूको विषयमा पनि विभिन्न अनुमान गरिँदै छन् । गत वर्ष कफी विद करण शोमा आमिरले उनका छोरा जुनैद र छोरी इरालाई बलिउडमा रझान भएको बताएका थिए । साथै,  उनका छोराछोरी यो क्षेत्रका लागि सक्षम नभएर सन्तानका लागि मौका स्थापित नगर्ने स्पष्ट पारेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप