सन्दीपलाई अमेरिकाले भिषा दिएन, भन्छन्, ‘ठूलो सर्प्राइज पाएँ’
काठमाडौँ । नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिषा दिन अस्वीकार गरेको छ ।
सन्दीपले सामाजिक सञ्चाल ट्वीटरमार्फत् नेपालस्थित अमेरिकन दूतावासले आफुलाई भिषा नदिएको उल्लेख गरेका हुन् ।
सन्दीपले सन् १०१९ को क्यारेवियन प्रिमियर लिग खेल्न जानका लागि दुतावासमा भिषा आवेदन दिएका थिए ।
क्यारेवियन लिग सेप्टेम्बर ४ देखि सुरु हुँदैछ ।
सन्दीपले आफुले सन् २०१६ देखि नेपालको प्रतिनिधित्व गरेर विश्वभर क्रिकेट खेलिरहेको भन्दै अमेरिकाले भिषा नदिएको प्रति आश्चर्य लागेको पनि बताएका छन् ।
उनले भिषा आवेदन दिँदा आवश्यक सम्पूर्ण कागजात पेश गरेको भन्दै नेपालका प्रधानमन्त्री र अमेरिकी दूतावासलाई मेन्सन गर्दै ट्वीट पनि गरेका छन् ।
I was smiling and i was literally speechless to see all this, having all the proper documents i got this surprise. Being a sportsperson, its gonna be a bit hard for me to go and participate in @CPL for @BIMTridents @hello_sarkar @PradeepgyawaliK @MofaNepal
— Sandeep Lamichhane (@IamSandeep25) August 13, 2019