शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सूर्यनारायणले संसद पदबाट राजीनामा दिएपछि सिके राउतबारे चल्यो यस्तो हल्ला

मङ्गलबार, २८ साउन २०७६, १७ : ४५
मङ्गलबार, २८ साउन २०७६

-किरणकुमार कर्ण

जनकपुर । समाजवादी पार्टीका एक नेताले सांसद पदबाट राजीनामा दिएसँगै डा. सिके राउतको चर्चा हुन थालेको छ ।

प्रदेश नम्बर २ को सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद डा. सूर्यनारायण यादवले सांसद पदबाट राजीनामा दिएपछि सो पद रिक्त रहने हल्ला चलेसँगै सप्तरीको क्षेत्र नम्बर १ बाट डा. सिके राउत उम्मेद्वार हुने हल्लाले व्यापकता पाएको छ ।

करिब ६ महिना पूर्व अलगाववादको नारा लिएर उदय भएको स्वतन्त्र मधेश गठबन्धनलाई तिलाञ्जली दिएर मुलधारको राजनीतिमा अवतरण गर्नका लागि गठन गरेको जनमत पार्टीका अध्यक्ष डा.सिके राउत सो क्षेत्रबाट अप्रत्यासित रुपमा उम्मेद्वार बन्ने हल्ला चलेको हो ।  

समाजवादी पार्टीले सांसद डा. सूर्य नारायण यादवलाई राजीनामा फिर्ता लिनका लागि फकाइरहेको बेला यस्तो हल्ला स्थानीयस्तरबाटै उठेको जनमत पार्टीका एक नेताले बताए । 

आउँदो मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमार्फत जनमत पार्टीका अध्यक्ष डा. राउतलाई प्रतिनिधिसभामा उम्मेदवार बनाएर अघि ल्याउन खोजिएको देखिन्छ । 

त्यस्तै डा. यादवले राजीनामा दिएसँगै मधेश केन्द्रित दल राजपा नेपालसँगै जनमत पार्टी समेत समाजवादी पार्टीसँगको एकीकरण गर्ने चर्चा चुलिएको छ  ।

तर जनमत पार्टीले भने पार्टी एकीकरण र डा. सिके राउतको बारेमा अनर्गल हल्ला चलेको हुनसक्ने एक नेताको अनुमान छ ।   

समाजवादीका सांसद यादवले स्वास्थ्य सम्बन्धी समस्या देखाउँदै राजीनामा दिएपछि उपनिर्वाचन समेत तोकिएको हुनाले डा. सिके राउतलाई उम्मेदवार बनाउनका लागि पार्टीभित्रै केहि नेताहरुले हल्ला चलाएको एक नेताले बताए ।

यता जनमत पार्टीका केन्द्रिय सदस्य अब्दुल खानले यो हल्ला आधिकारीक नरहेको स्पष्ट पारे । उनले समाजवादी पार्टीसँग कुनै पनि किसिमको एकता वा एकीकरण नहुने समेत प्रष्ट्याए ।

नेपाल सरकारसँग ११ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा होमिएका डा. राउतको नेतृत्वमा जनमत पार्टी गठन भएपछि अहिले डा. सिके राउत आन्तरिक संगठन विस्तार कार्यमा व्यस्त छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप