बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हिमाल पारिको जिल्ला मुस्ताङमा चितवनको माछा

मङ्गलबार, २८ साउन २०७६, २३ : ०२
मङ्गलबार, २८ साउन २०७६

मुस्ताङ-वीरगंज सिरसियाका मनोज शाहीको रोजीरोटी नै माछा बेचेर चलेको छ । शाहीले पोखरामा माछा बेच्ने काम गर्छन् । कहिलेकाही हिमाल पारिको जिल्ला मुस्ताङसम्म पनि उनी माछा बेच्न पुग्छन् । 

मंगलबार, उनै शाही वारागुङ मुक्ति क्षेत्र गाउँपालिका मुक्तिनाथ रानीपौवा मुस्ताङमा माछा बेच्दै गर्दा भेटिए । महिनामा दुई दिन १५÷१५ दिनको फरक पारेर उनी माछा बेच्न मुस्ताङ पुग्छन् । एक पटकमा २५ देखि ३० किलोसम्म माछा बेच्ने उनी बताउँछन् ।

मुस्ताङमै माछा बेच्न थालेको २ वर्ष बढी भएको उनले सुनाए । माछा बेच्दै शाही अरु गाउँमा पनि पुग्छन् । कहिलकाही मेला, महोत्सव हुँदा माछाको लागि अर्डर पनि आउँछ उनलाई ।  नैनि र रँहु जातको माछा बेच्ने आएका उनलाई उनका ग्राहकहरुले राम्रै प्रतिक्रिया दिने गरेको उनी सुनाउँछन् ।

यी प्रजातिको माछा जुनसुकै परिकार पनि मिल्ने उनले बताए । खासगरि शितल ठाउँमा माछा बेच्ने गर्छन् उनी । आफूँले बेच्दे आएको माछा चितवनबाट मगाउँने उनले सुनाए । मुस्ताङमा ६ सय ५० रुपैयाँ प्रति केजीमा उनी माछा बेच्ने गर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप