१५ वर्षपछि बाध्यताले बलिउड फर्किएकी श्रीदेवीका जीन्दगीका खास कुराहरु
‘रुपकी रानी’ श्रीदेवीको जन्म सन् १९६३ अगस्ट १३ मा भएको थियो । भने कार्डियक अरेस्टका कारण सन् २०१८ फेव्रअरी २४ मा उनको निधन भएको थियो । मिजासिलो बानी र उत्कृष्ट अभिनयका कारण सबैको मन मस्तिष्कमा बस्न सफल भएकी श्रीदेवीका जीवनका धेरै चाखलाग्दा कुराहरु छन् ।
४ वर्षमा शुरु गरेकी थिइन् करियर
श्रीदेवीको पूरा नाम श्रीअम्मा अंगर अय्यपन थियो । उनले सिल्भर स्क्रिनको लागि आफ्नो नाम बदलेर श्रीदेवी राखेकी थिइन् । बाल कलाकारको रुपमा बलिउडमा पाइला टेकेकी श्रीदेवीले आफ्नो जीवनको अन्तिम क्षणसम्म बलिउडमा नै जोडिइरहिन् ।
फिल्मको लागि उनले पढाइ छोडिन् । तामिल र तेलुगु जस्ता भाषामा पोख्त श्रीदेवीलाई हिन्दी भाषा बोल्न आउँदैन थियो । विस्तारै उनी धेरै भाषामा पोख्त भइन् । र उनले थुप्रै फिल्म खेलिन् तर उनलाई ‘हिम्मतवाला’ फिल्मले चर्चामा पुर्यायो ।
उनको नाम फिल्म क्षेत्रका मिथुन दासँग जोडियो । विभिन्न मिडियाहरुले उनीहरुको विवाह समेत भइसकेको हल्ला फैलाए । केहि समयमानै उनीहरु अलग्गिएको खबर आउनेवित्तिकै बोनी कपूरसँग विवाह गरिन् । त्यसपछि उनले सन् १९९७ मा फिल्मबाट टाढिएको घोषणा गरेकी भएपनि उनी पुनः बाध्यतावश सन् २०१२ मा फिल्म ‘इंग्लिश विंग्लिश’ मा काम गरिन् । उनका आफन्तका अनुसार बोनी कपूरलाई एउटा प्रोजेक्टमा निकै ठूलो घाटा भएपछि ऋण चुक्ता गर्नको लागि श्रीदेवीले वाध्यतामा बलिउड प्रवेश गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस
-
म्याक्सचेञ्ज मेला आयोजना गर्दै टाटा मोटर्स
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित
-
गोरखा महाभूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन (तस्बिरहरू)
-
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप