पाकिस्तानले मनायो स्वतन्त्रता दिवस
बुधबार, २९ साउन २०७६, ११ : ३२
काठमाडौं–पाकिस्तानले आफ्नो ७३ औँ स्वतन्त्रता दिवस मनाएको छ ।
स्वतन्त्रता दिवसको अवसरमा बुधबार नेपालस्थित पाकिस्तानी दूतावासले आफ्नो परिसरमा विशेष कार्यक्रमका बीच झण्डोत्तलन गर्दै दिवस मनाएको हो ।
७३ बर्ष अगाडि तात्कालीन भारतबाट छुट्टिएको पाकिस्तानले हरेक बर्ष १४ अगस्टलाई आफ्नो स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ ।
दूतावासमा आयोजित कार्यक्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शुभकामना सन्देशमार्फत पाकिस्तानी जनतामा सुख शान्ति र खुसीयाली बाँड्दै विश्वभरी बन्धुत्व र भाइचाराको कामना गरेका छन् ।
प्रधानमन्त्रीको शुभकामना सन्देशमा राष्ट्रिय एकता र सर्वाभौमिकताका लागि सबै पाकिस्तानी जनता एक हुनुपर्ने उल्लेख छ । नेपाल सरकारले पनि पाकिस्तानको ७३ औ स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तान सरकारलाई शुभकामना व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान
-
गण्डकीको अर्थमन्त्री चुमान, दीपक मनाङे फेरि भौतिकमै
-
५१ दिनमा सकियो ‘मेयर’को छायाङ्कन
-
नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय