शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरी कार्यालयमै पुगेर घुस दिने प्रयास

बुधबार, २९ साउन २०७६, ११ : ४२
बुधबार, २९ साउन २०७६

काठमाडौं–प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २२ का ३५ वर्षीय उपेन्द्र प्रसाद यादव रहेका छन् । 

बाराको जीतपुर सीमरा उपमहानगरपालिका ७ स्थित ईलाका प्रहरी कार्यालय गई उनले अवैध रुपमा भारतबाट कुखुरा ल्याउने प्रयोजनका लागि १० हजार घुस दिन खोजेपछि पक्राउ गरिएको हो । 

 यादवलाई प्रहरीलाई दिन खोजेको  १० हजार घुस सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप