बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिद्धार्थ बैंकको सात वर्षे ऋणपत्र भदौ ५ देखि बिक्री खुला, ब्याजदर १०.२५ प्रतिशत

बुधबार, २९ साउन २०७६, १२ : ०५
बुधबार, २९ साउन २०७६

काठमाडौं–सिद्धार्थ बैंकको २ लाख ५० हजार कित्ता ऋणपत्र बिक्रि भदौ ५ गते देखि खुला हुने भएको छ । बैंकले १०.२५ प्रतिशत ब्याजदरमा सो ऋणपत्र बिक्रीगर्न लागेको हो । ऋणपत्र प्रतिकित्ता हजार रुपैयाँ तोकिएको छ । 
न्युनतम २५ कित्ता र अधिकत्तम १० लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम समय भदौ ९ गतेसम्म हो ।  सात बर्षे अवधिको २ अर्ब ५० करोड बराबरको प्रति डिबेन्चर एक हजार अंकित मूल्यका २ लाख ५० हजार कित्तामध्ये १५ लाख कित्ता डिबेन्चरको रकम परिपत्र विधिबाट र १० लाख कित्ता ऋणपूँजी रकम सर्वसाधारण नेपालीका लागि खुला गरिएको बिक्रि प्रबन्धक एमएमबी क्यापिटलले जनाएको छ । बैंकले सेवा विस्तार गर्नेक्रममा लगानी बढाउँन एवम् वित्तिय तथा आर्थिक गतिवधिलाई विस्तार गर्नका लागि  र कम्पनीको पुँजीकोष बृद्धिका लागि ऋणपत्र जारी गर्न लागेको जनाएको छ । 

यस ऋणपत्रलाई इक्रा नेपालले न्युन कर्जा जोखिम जनाउँने इक्रा एलए माइनस रेटिङ दिएको छ । यस्ता कर्जाहरु न्युन जोखिम भएको मानिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप