वीरगञ्जमा चलचित्र महोत्सव
काठमाडौं – नेपाल चलचित्र निर्माता संघले प्रदेश नम्बर २ वीरगञ्जमा ‘चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ ।
चलचित्रको प्रवर्द्धन र विस्तारको लागि भन्दै महोत्सव आयोजना हुन लागेको हो ।
आगामी १ असोजदेखि ३ गतेसम्म वीरगञ्जमा चलचित्र महोत्सव आयोजना हुन लागेको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।
चलचित्र क्षेत्रले असोज १ गतेलाई चलचित्र दिवसको रुपमा मनाउँदै आएको छ । सोही अवसर पारेर महोत्सव आयोजना हुन लागेको हो ।
निर्माता संघ र विकास बोर्डको आयोजना रहने महोत्सवमा नेपाल उद्योग वाणिज्य महासंघको सह–आयोजना रहनेछ ।
तीन दिने उक्त महोत्सवमा मैथली, भोजपुरी, नेपाली भाषाका सिनेमाको प्रदर्शन, स्थानीय सँस्कृति झल्कने झाँकी प्रदर्शनी, सिनेमा सम्बन्धी चर्चा र राष्ट्रिय कलाकारहरुको साँस्कृतिक प्रस्तुति लगायत बिभिन्न कार्यक्रम समेत रहने छ ।
महोत्सवका लागि निर्माता संघका अध्यक्ष अधिकारीले वीरगञ्ज होटल तथा पर्यटन व्यवसायी संघसँग समेत छलफल गरिसकेका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल
-
पार्टी एमालेलाई बुझाएर प्रचण्ड राष्ट्रपति बन्छन् : रामकुमार शर्मा, पूर्वमाओवादी नेता