प्रदेश कृषि राज्यमन्त्री यादवद्वारा क्यान वितरण
रौतहट– प्रदेश नं २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले रौतहटका सयौं किसानलाई दुःध राख्ने क्यान वितरण गरेका छन् । रौतहटाको संसदीय निर्वाचन क्षेत्र नं १ (ख) मा पर्ने यमुनामाई गाउँपालिका वडा नं २ भेडियाहीस्थित एक कार्यक्रमका बीच १ सय ६३ जना पशुपालक किसानलाई उनले क्यान वितरण गरेका हुन् ।
क्यान वितरणले पशुुपालक किसानले उत्पादन गरेको दुुःध बजारसम्म पुरयाउन सहज हुने मन्त्री यादवले बताए । मन्त्री यादवले आजै माधवनारायण नगरपालिका वडा नं ४ भेलहीका आर्थिक अवस्था कमजोर भएका एक जना बाढीपीडितलाई घर निमार्णका लागि आर्थिक सहयोग पनि गरेका छन् ।
असारको अन्तिम साता आएको विनाशकारी बाढीबाट प्रभावित भएर घरवारविहिनहरुलाई कृषि राज्यमन्त्री यादवले भेलही निवासी रुपल गिरीलाई आर्थिक सहयोग गरेका हुन् ।
यसैबीच राज्यमन्त्री यादवले आजै एउटा छुटै कार्यक्रम गरेर प्रदेशसभा सदस्य विकास कोष रौतहट पनि स्थापना गरेका छन् । उक्त विकास कोषले सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, पत्राकारिताको प्रवद्र्धन र सुशासनको क्षेत्रमा काम गर्ने उनले बताए ।