बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानी प्रधानमन्त्री खानद्वारा काश्मिरमा सम्बोधन, कस्तो छ भारतीय प्रधानमन्त्री मोदीको अन्तिम तयारी ?

बुधबार, २९ साउन २०७६, २३ : २५
बुधबार, २९ साउन २०७६

एजेन्सी– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान प्रशासित काश्मिरको राज्यसभामा विशेष सम्बोधन गरेका छन् । विशेष सम्बोधनका क्रममा उनले भारत सरकार र त्यसको नेतृत्व गरिरहेका प्रधानमन्त्री नरेन्द्र मोदीको कटाक्ष गरेका छन् ।

बुधबार सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले जम्मु काश्मिरको ३७० धारा खारेज गरेर नरेन्द्र मोदीले आफ्नो अन्तिम कार्ड प्रयोग गरेको र यो हिटलरले नाजीहरुका लागि प्रयोग गरेको अन्तिम समाधानजस्तै भएको दाबी गरे । उनले भारतले अहिले पाकिस्तान प्रशासित काश्मिरमा समेत केही गर्ने गोप्य तयारी गरिरहेको समेत बताए । प्रधानमन्त्री खानले भारतले यदि युद्धको तयारी गरिरहेको हो भने पाकिस्तान त्यसका लागि पनि पूर्ण रुपमा तयार भएको भन्दै चेतावनी दिए । 

खानले मोदीको नाम लिएरै भने, ‘तिम्रो इँट्टाको जवाफ हामी पत्थरले दिन तयार छौं ।’ इमरानले भने कि नरेन्द्र मोदीले खेलेको अन्तिम कार्डपछि काश्मिर स्वतन्त्रतातिर लाग्नेछ । प्रधानमन्त्री खानले आफ्नो सम्बोधनमा धेरैपटक राष्ट्रिय स्वयंसेवक संघको नाम लिएका थिए । 

उनले भारतमा जे भैरहेको छ, त्यो संघ (आरएसएस)कै विचारधाराका कारण भैरहेको आरोप लगाए । उनले आरएसएस विचारधारा हिटलरको नाजी पार्टी जत्तिकै भएको र मोदीले त्यसलाई प्रयोग गरिरहेको आरोप लगाए । यसपटक पाकिस्तानले १४ अगष्टमा पर्ने स्वतन्त्रता दिवसलाई काश्मिर एकता दिवसका रुपमा मनाइरहेको छ । photo : PTV

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप