केन्द्रीय संस्करण

आज रक्षा बन्धन: किन बाधिन्छ हातमा रक्षा बन्धन ?

person explore access_timeसाउन ३०, २०७६ chat_bubble_outline0

आज श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन हिन्दु धर्मावलम्बीहरुको पवित्र चाड हो । प्रत्यक वर्ष तिथिका आधारमा मनाईने  यो चाड प्रत्यक वर्ष महिना,बार र गते फरक फरक हुने गर्दछ । परम्परा र हिन्दु सक्कार अनुशार कुनै पनि चाडबाड तिथिले दुई दिन परेमा पछिल्लो दिनमा मनाईने प्रचलन रहेकोले आज ३० गते बिहीबार रक्षा बन्धन मनाईन लागिएको हो । 

येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।


यसको अर्थ 
जुन रक्षा (काँचो धागो)ले दानवहरुको महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षागर्नेछू ।

सत्य यूगमा दानव द्धार लखेटिएका देवगणहरुलाई बचाउँन देवगुरु बृहस्पतिले तयार गरेको रक्षा बन्धन डोरो बाट अत्यन्त बलशाली दानव बलिराजलाई बाधि देवगणहरुको रक्षा गरेका थिए त्यसनै म तिमिलाई बाध्दछु सुरक्षित होऊ,बिचलित नबन भन्ने पौराणिक मान्यताका आधारमा आजपनि रक्षा बन्धन बाध्ने प्रचलन चलि आएकोछ । 

सत्य यूगमा कुनै पनि मानिस धर्म तथा कर्मबाट बिचलित नभई निष्ठा पूर्वक आफ्नो काम गर्नको निम्ति देवगुरुबाट रक्षा बन्धन बाधिएको थियो त्यसैगरि आजपनि  दानवी शक्तिबाट रक्षित हुँन वा हामि आफ्नो मन बिचलित नहोस,सधै सत्कर्ममा मन गईरहोस,बिधि तथा कानुनको अधिनमा रहेर हाम्रो दैनिक क्रियाकलाप सञ्चालित होस भन्ने कामनाका साथ रक्षा बन्धन आफ्नो गुरु तथा पुरोहितबाट बाध्ने गर्दछौ । आज लगाईने रक्षा बन्धन तिहार वा दिपावलीमा गाई तिहारका दिन गाईका पुच्छरमा बाधिदिनाले मृत्यु पस्चात वैतरणी नदी सजिलै पार गर्न सकिने जन विश्वास रहेकोछ । 

 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.