बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

संगीले ल्याइन् ‘मैले त खोजेको यस्तै घर हो’

बिहीबार, ३० साउन २०७६, १३ : ३२
बिहीबार, ३० साउन २०७६

काठमाडौं– केही वर्षयता तीज गीतमा मौलिकता हराउँदै गएको गुनासो सुन्न थालिएको छ । यस्तैमा नवगायिका संगी अधिकारी पोखरेलले भने मौलिक शैलीको तीज गीत ‘मैले त खोजेको यस्तै घर हो’ सार्वजनिक गरेकी छन् । 
गीतमा प्रकाश सुवेदीको शब्द, राजकुमार बगरको लय र राजु कार्कीको संगीत रहेको छ । गीतको एक भिडियो समेत बनेको छ । भिडियोमा पवन गौतमको छायाँकन, सुरेश राउतको सम्पादन र सुमन सागर जङ्ग केसीले निर्देशन गरेका हुन् ।

सुशीला थापा, रिचा पोख्रेल, सुमन सागरजङ्ग केसी  लगायतका कलाकारको भिडियोमा अभिनय देख्न सकिन्छ ।   प्राय तीज गीतमा सासु, देउरानी, जेठानी र घरपरिवार प्रति असन्तुष्टि व्यक्त गर्ने गरिन्छ । यो गीतमा भने एउटा सुन्दर पारिवारिक वातावरणको अपेक्षा सहितको कामना समेटिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप