बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मेस्सी, रोनाल्डो र भानडिज्क उत्कृष्टको अन्तिम सूचीमा

बिहीबार, ३० साउन २०७६, २० : ४७
बिहीबार, ३० साउन २०७६

एजेन्सी । युरोपियन फुटबल महासंघ (युईएफए) ले उत्कृष्ट बर्ष पुरुष खेलाडीमा अन्तिम तीन जनाको नाम सार्वजनिक गरेको छ । गत सिजन गरेको प्रर्दशनका आधारमा युईएफएले अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनिक गरेको हो ।

अन्तिम तीनमा स्पेनिस महारथि बार्सिलोनाका स्टार लियोनल मेस्सी, इटालियन क्लब युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो र च्यापियन्स लिग विजेता इङ्लिस क्लब लिभरपुलका स्टार भर्जिल भानडिज्क परेका छन् । उत्कृष्टको होडबाट लिभरपुलका साडियो माने र मोहमद सलाह भने बाहिरिएका छन् ।

युईएफएको ‘गोल अफ दी ईयर अवार्ड’ समेत जितेका मेस्सीले गत सिजन बार्सिलोनालाई स्पेनिस ला लिगा जिताएका थिए । उनले  ५१ गोल पनि गरेका थिए । 

यसैगरी रोनाल्डोले युभेन्ट्सलाई डेब्युमै लिग च्याम्पियन बनाए । उनले सिजनमा २८ गोल समेत गरे । पोर्चुगललाई युईएफए नेसन्स लिग फुटबल उपाधि दिलाउन पनि रोनाल्डोको भूमिका उल्लेख्य थियो ।

यसैगरी भानडिज्कले पनि लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउन ठूलो योगदान गरे । प्रिमियर लिगको उपविजेता बनेको लिभरपुल म्यानचेस्टर सिटीसँग केवल एक अंकले पछि परेको थियो । 

युईएफएले अगस्ट २९ तारिख विशेष कार्यक्रमगरी उत्कृष्ट खेलाडी घोषणा गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप