मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा प्रमुख सचेतक ढकालको घरमा मध्यरातमा ३ वटा बम प्रहार

शुक्रबार, ३१ साउन २०७६, ०७ : ३०
शुक्रबार, ३१ साउन २०७६

बुटवल  नेकपाका पाँच नम्वर प्रदेशसभा प्रमुख सचेतक  भुमीश्वर ढकालको घरमा मध्यरातमा बम प्रहर भएको छ । 

रुपन्देहीको सैनामैना–७ मा रहेको ढकालको घरमा मध्यरातमा ३ वटा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ । 

ढकाल सुत्ने कोठा , बावाआमा सुत्ने कोठा  र ढकालको गाडी लु१ ज ४५६ नम्बरको गाडीमा लक्षित गरी बम प्रहार भएको छ । वम कसले प्रहार गरेको भन्ने बिषयमा अझै खुल्न नसकेको रुपन्देहीका प्रहरी प्रमुख हृदय थापाले बताए ।  

सचेतक ढकाल चार देखी बिरामी भएको कारणले काठमाडौ मेडिसिटी अस्पताल उपचारत रहेका छन् ।

उनले आफु उपचारको लागि काठमाडौँ रहेको बेला राती दुई बजेतिर घरमा बम प्रहार भएको जानकारी पाएको बताए ।  

घटनापछि ईलाका प्रहरी सैनामैना प्रहरी निरिक्षक नेतृत्वमा  घटना स्थलमा पुगेको छ । प्रहरीले घटनाबारे बिभिन्न व्यतिहरु सोधपुझ  गरीरहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप