शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पन्चकन्या गाउँपालिकामा केन्द्रको विषयमा बिबाद

शुक्रबार, ३१ साउन २०७६, १६ : ५५
शुक्रबार, ३१ साउन २०७६

नुवाकोट– जिल्लाको पन्चकन्या गाउँपालिकाको केन्द्रको विषयमा विवाद उत्पन्न भएको छ । 

 तत्कालीन राज्य पुनःसंरचना आयोगको निर्णय अनुसार साविक भद्रुटार, कविलाश र पन्चकन्या गाबिसको संगमस्थलमा पर्ने मोठभञ्ज्याङमा केन्द्र तोकिएको थियो । 

तर, स्थानीय निर्वाचन पश्चात् निर्वाचित जनप्रतिनिधिले बहुमतको आडमा अन्यत्र सार्न लागिएको भन्दै नेपाली कांग्रेस नुवाकोटले गाउँपालिका कार्यालय घेराउ गरी नसार्न दबाब दिएको छ ।

गाउँपालिकाको गाउँसभाले केन्द्र सार्ने निर्णय गर्न लागेको भन्दै कांग्रेसले गाउँपालिकाका अध्यक्ष रमेश तामाङलाई ज्ञापन पत्र बुझाएको छ । निर्वाचन पश्चात् निर्वाचित जनप्रतिनिधिले बहुमतको आधारमा एक पटक निर्णय गर्न पाउने प्रावधान रहेकोमा सो प्राबधानको प्रयोग गरेर गाउँपालिकाको केन्द्र मोठ्भन्ज्याङबाट लाकुरीभञ्ज्याङ सारि कार्य संचालन समेत भएको थियो ।

तर हाल आएर गाउँपालिकाको केन्द्र दुबै ठाउँमा नराखि आफू अनुकुल हुनेगरी घलेभन्ज्याङमा सार्न खोजिएको काँग्रेसले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप