रिलायन्स लाइफ इन्स्योरेन्स एजीएमः सर्वसाधारणमा ६३ करोड बराबरको शेयर सार्वजनिक निष्काशन गर्ने
काठमाडौं– रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २०७६ साल श्रावण ३१ गते शुक्रबारका दिन आफ्नो दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाका अध्यक्ष ताराचन्द केडियाले आ.व.२०७४/७५ को वार्षिक प्रतिवेदन पेश गरे ।
सभाले सञ्चालक समितिको आ.व. २०७४/७५ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०७४/७५ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु, कम्पनीको आ.व.२०७५/०७६ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको परिश्रमिक निर्धारण गर्ने तथा सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।
सिद्धार्थ बैँक लिमिटेड लगायत नेपालका केही प्रतिष्ठित घरानाहरुद्वारा प्रवद्र्धित रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बिमा व्यवसाय संचालन गर्दै हाल ८८ वटा शाखा÷उपशाखा कार्यालयहरुबाट आफ्ना सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीको अधिकृत पूँजी ३ अर्ब र जारी पुँजी २ अर्ब १० करोड रहेकोमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने रकम ६३ करोड बराबरको शेयर कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी