शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माधवलाई हटाएर झलनाथलाई ‘एक नम्बर’ बनाउने प्रस्ताव !

शुक्रबार, ३१ साउन २०७६, १७ : ५४
शुक्रबार, ३१ साउन २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाललाई वरिष्ठको मर्यादाक्रममा एक नम्बरबाट हटाउने तयारी अध्यक्षद्वयले गरेका छन् ।

स्रोतका अनुसार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समझदारी अनुसार वरिष्ठको पहिलो नम्बरमा नेता नेपाललाई हटाएर नेता झलनाथ खनाललाई ल्याउने तयारी भएको छ ।

अध्यक्षद्वयले यो प्रस्ताव शुक्रबार बसेको सचिवालय बैठकमा राखेका थिए । तर, त्यहाँ सहमति भने जुट्न सकेन ।

यो प्रस्तावसँगै नेता नेपाल असन्तुष्ट बनेका छन् ।

यसो त, नेता नेपाललाई वरिष्ठ बनाएकोमा नेता खनालले सार्वजनिक रुपमै आफ्नो असन्तुष्टि राख्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप