नेपालगन्जमा गाई राजनीति
शनिबार, ३२ साउन २०७६, ०७ : १२
नेपालगन्जमा उपमहानगरपालिकाले वडा नं २१ मा निर्माण गरेको कान्जी हाउसभित्र अहिले चार सयदेखि पाँच सयकोको हाराहारीमा छाडा गाईगोरु थुनिएका छन् ।
उपमहानगरको मुख्य र भित्री सडकमा गरी झनै एक हजार पाँच सयको संख्यामा छाडा गाईवस्तु रहेको अनुमान गरिएको छ ।
भारतबाट भित्रीएका यस्ता गाईगोरु व्यवस्थापन गर्न उपमहानगरपालिकालाई हम्मेहम्मे परिरहेको छ । घाँस र पानी नपाउँदा गाईबस्तु मर्ने क्रम पनि चलिरहेको छ । कान्जी हाउसका गाईबस्तुले उचित स्याहार नपाएको भन्दै अधिकारकर्मी तथा अभियन्ताले सामाजिक सञ्जालमार्फत उपमहानगरपालिकाको आलोचना गरिरहेका छन् ।
नेपालगन्जमा व्याप्त छाडा गाईबस्तु व्यवस्थापन र संरक्षणको चिन्ता सँगसँगै यो समस्यालाई राजनीतिक मुद्दा बनाउने प्रयास भइरहेको छ ।
यो समाचार नागरिक दैनिकमा अर्जुन ओलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै