केन्द्रीय संस्करण
वैज्ञानिक

एउटा त्यो पत्र, जसले आइन्स्टाइनलाई जीवनभर पश्चात्तापको आगोमा जलाइरह्यो !

विश्वविध्वंश गर्ने गरी अघि बढेका नाजीलाई रोक्नको लागि आणविक बम बनाउन अमेरिकी राष्ट्रपतिलाई लेखिएको पत्रमा आइन्स्टाइनले पनि हस्ताक्षर गरेका थिए

person explore access_timeसाउन ३२, २०७६ chat_bubble_outline1

अंग्रेजी क्यालेण्डर अनुसारको अगस्ट महिना (साउन–भाद्र) कुन कुन कुन कुराका कारणले विख्यात÷प्रख्यात छ भन्ने विषय इतिहासका शोधार्थी÷विद्यार्थीका लागि रुचिजन्य सामग्री हुनसक्छ । तर, इतिहाससंग मेरो नाता र समबन्ध भने ‘मौका परस्ती’ को मात्रै हो । अवसर र प्रसंङ्ग आएमा सरसर्ती हेर्नु र बिसर्नु भन्दा बढी महत्त्व मैल आजसम्म यसलाई दिन सकेको छैन ।

प्रसंङ्गवश अगस्ट महिनाका तीनवटा तारिख मेरा स्मृतिमा सल्बलाइरहेका छन् । ती हुन २ अगस्ट सन् १९३९, ६ अगस्ट सन् १९४५ र अगस्ट सन् १९४५ ।

पहिलो तारीख बाहेकका दुइटा तारिख पढ्नासाथ विगतमा मेरा केही लेख पढनु भएका मित्र वर्गले आजको लेखको विषयवस्तु ठम्याइ सक्नुभएको होला ।

*******

६ अगस्ट १९४५ को दिन मानवताको इतिहासको त्यो कंलकित दिन हो, जसको संसारभर प्रचलनमा रहेका समस्त भाषाका सबै निन्दनीय शब्द प्रयोग गरेर पनि आत्मसन्तुष्टि हुन सक्दैन । र, यो कलंक निम्त्याउने खलपात्रले संसारभरिका क्षमा र आत्मालोचनाका समस्त शब्दावली प्रयोग गरेर पनि रक्तरंजित इतिहासको यस पानाबाट उन्मुक्ति पाउन सक्दैन ।

*******

६ अगस्ट १९४५ को दिन मानवताको इतिहासको त्यो कंलकित दिन हो, जसको संसारभर प्रचलनमा रहेका समस्त भाषाका सबै निन्दनीय शब्द प्रयोग गरेर पनि आत्मसन्तुष्टि हुन सक्दैन । र, यो कलंक निम्त्याउने खलपात्रले संसारभरिका क्षमा र आत्मालोचनाका समस्त शब्दावली प्रयोग गरेर पनि रक्तरंजित इतिहासको यस पानाबाट उन्मुक्ति पाउन सक्दैन ।

Source: http://historyconflicts.com

आकस्मिक उपचार सेवाको लागि लाइनमा बसेका आणविक हमलामा बाँचेकाहरु (एपी)

Source: https://www.washingtonpost.com

७४ वर्ष अघि ६ अगस्टका दिन जापानको हिरोशिमा शहरमाथि अमेरिकी बमवर्षक विमानले परमाणु बम खसालेको थियो । ‘लिटिल व्वाय’ नामाकरण गरिएको सो बम खस्नासाथ लाखौं व्यक्ति केही मिनेटको अन्तरालमै काल कवलित बन्न पुगे ।

*******

९ अगस्टका दिन जापानकै अर्को शहर नागासाकीमा ‘फ्याट व्वाय’ नाम दिइएको अर्को परमाणु बम खसाएर अमेरिकाले विनाशको त्यो ताण्डवलीला सृजना गर्यो, जुन शायद मानव सभ्यता उदयउपरान्त कै सबैभन्दा शर्मनाक र निन्दनीय कृत्य बन्यो ।

*******

त्यसको तीन दिन पछि ९ अगस्टका दिन जापानकै अर्को शहर नागासाकीमा ‘फ्याट व्वाय’ नाम दिइएको अर्को परमाणु बम खसाएर अमेरिकाले विनाशको त्यो ताण्डवलीला सृजना गर्यो, जुन शायद मानव सभ्यता उदयउपरान्त कै सबैभन्दा शर्मनाक र निन्दनीय कृत्य बन्यो ।

१९३९ मा सुरु भएको दोस्रो विश्वयुद्धमा हिरलर पक्ष पराजित भइसकेको नै थियो, तर अमेरिकालाई त आफुले वनाएको बमको भयावहता परिक्षण जे गर्नु थियो, अनि उसले यो अवसर किन पो गुमाउथ्यो ।

अमेरिकाको दुर्दमनीय कृत्यले तत्कालीन एक जना व्यक्तिलाई जुन पछुतो भयो, त्यो उसले बाँचुन्जेल न त बिर्सन सक्यो, न त्यो पछुतोको पीडाबाट उम्कन सक्यो ।

पाठक मित्रगण ’ २ अगस्ट सन् १९३९ को सम्बन्ध त्यही पछुतोसँग रहेको छ । एउटा विश्वविख्यात वैज्ञानिकले यस दिन आफूले गरेको एउटा कृत्यबाट बाचुन्जेल छटपटी, पीडा र आघातको दंश सहनु पर्यो ।

ती महान वैज्ञानिक अरु कोही नभएर मानव इतिहास कै अग्रणी वैज्ञानिक अल्बर्ट आइसटाइन हुन् ।

Source: https://in2english.net

१४ मार्च सन् १८७९ मा जर्मनीको उल्म शहरमा जन्मिएका आइन्स्टाइन हिटलरले यहुदीप्रति राखेको चरम विद्वेषका भावनाका कारण सन् १९३२ मा बर्लिन छाडेर अमेरिका प्रस्थान गरेका थिए ।

दोस्रो विश्वयुद्ध प्रारम्भ हुनुभन्दा केही पहिला विश्वका अग्रज वैज्ञानिक र बुद्धिजीवीहरुले तत्कालीन अमेरिकी राष्ट्रपति रुजवेल्टलाई एक पत्र लेखेका थिए ।

*******

अमेरिकी राष्ट्रपति फ्रैकंलिन रुजवेल्टलाई सम्बोधित गरिएको त्यसपत्रमा भनिएको थियो, ‘नाजी जर्मनीले अत्यन्त घातक विनाशकारी बम बनाइरहेको छ वा सम्भवतः उसले बनाइसकेको छ ।’ त्यसैलाई आधारको रुपमा प्रस्तुत गर्दै सो पत्रमा नाजी जर्मनीलाई रोक्नको लागि उनीहरुले बम बनाएर प्रयोगात्मक परीक्षण गर्नुभन्दा पहिले नै रुजवेल्टलाई पनि परमाणु बम विकसित गर्ने सल्लाह दिइएको थियो ।

*******

अमेरिकामा रहिरहेका हंगेरियन परमाणु वैज्ञानिक लिओ स्जिलार्डको अनुरोधमा आइन्स्टाइनले उक्त पत्रमा हस्ताक्षर गरेका थिए । अमेरिकी राष्ट्रपति फ्रैकंलिन रुजवेल्टलाई सम्बोधित गरिएको त्यसपत्रमा भनिएको थियो, ‘नाजी जर्मनीले अत्यन्त घातक विनाशकारी बम बनाइरहेको छ वा सम्भवतः उसले बनाइसकेको छ ।’ त्यसैलाई आधारको रुपमा प्रस्तुत गर्दै सो पत्रमा नाजी जर्मनीलाई रोक्नको लागि उनीहरुले बम बनाएर प्रयोगात्मक परीक्षण गर्नुभन्दा पहिले नै रुजवेल्टलाई पनि परमाणु बम विकसित गर्ने सल्लाह दिइएको थियो ।

अमेरिकी गुप्तचर संस्थाका रिपोर्टहरुले पनि त्यस्तै संकेत गरिरहेका थिए । अमेरिकी राष्ट्रपति रुजवेल्टले सबैतिरबाट यस्तै आशयको सूचना पाए पछि ‘म्यानहटन प्रोजेक्ट’ लाई स्वीकृति दिए । यसै प्रोजेक्टले विश्वको पहिलो परमाणु बम बनायो ।

चार वर्षकै अन्तरालमा ‘म्यानहटन प्रोजेक्टले झण्डै तत्कालीन २ अर्ब अमेरिकी डलर व्यय गरेर परमाणु बम बनाउन सफलता पायो । अनेकौं वैज्ञानिकको संलग्नता रहेको यस प्रोजेक्टको प्रमुख भने जे रोबर्ट ओपेन हाइमर रहेका थिए ।

१६ जुलाई सन् १९४५ को बिहान ५ बजेर ३० मिनेट जाँदा बमको पहिलो परीक्षण न्यूमेक्सिकोको मरुभूमिमा गरिएको थियो ।

बम विस्फोटबाट उत्पन्न विनाशको ज्वाला हेरे छि बम निर्माणमा संलग्न भौतिकशास्त्री इसीडोर रबीले भनेका थिए— म मानवताका लागि चिन्तित बनेको छु, यसले सम्पूर्ण मानवताका लागि ठूलो जोखिम उत्पन्न हुनुका साथै हामीले प्राकृतिक सन्तुलन बिगारेका छौं ।

*******

ओपेनहाइमरको मुखबाट भागवत गीतामा कृष्णले अर्जुनलाई भनेको वाक्य नै निस्कयो, ‘म बढेको काल हुँ विश्वको विध्वंश गर्न उत्पन्न भएको संहारकर्ता हुँ

*******

प्रोजेक्टका प्रमुख ओपेनहाइमरको मुखबाट भागवत गीतामा कृष्णले अर्जुनलाई भनेको वाक्य नै निस्कयो, ‘म बढेको काल हुँ विश्वको विध्वंश गर्न उत्पन्न भएको संहारकर्ता हुँ (Now  I Become Death, The Destroyer  Of World.) ।

आइन्स्टाइन र ओपनहाइमरSource: https://upload.wikimedia.org

परीक्षणका निर्देशक केन बेनब्रिजले ओपेनहाइमरसंग भनेका थिए—अब हामी सबै शैतानका सन्तान बन्यौं (Now  We  Are All  Sons  Of Bitehes.)

यस परीक्षणको २१ दिनपछि अमेरिकाले एउटा जीवित शहर हिरोशिमामाथि बम खसालेर केही मिनेटमै यसलाई खरानीमा परिणत गरिदियो र त्यसको तीन दिनपछि अर्को त्यस्तै जीवित शहर नागासाकीमा आफूले आर्जित गरेको परमाणु शक्ति प्रयोग गरेर सारा शहरलाई भस्मीभूत गरिदियो ।

*******

अल्बर्ट आइस्टाइनले जब जापानका दुइ शहरमाथि परमाणु बम खसाइएको जानकारी पाए, उनले तुरुन्तै त यसलाई पत्याएनन् । तर पछि पुष्टि भएपछि उनी अपार दुःख र क्षोभले भरिए । उनलाई जीवनकै सबैभन्दा ठूलो आघात पुग्यो, उनको मुखबाट हठात् निस्कियो — भयानक, अत्यन्त भयानक ।

*******

अल्बर्ट आइस्टाइनले जब जापानका दुइ शहरमाथि परमाणु बम खसाइएको जानकारी पाए, उनले तुरुन्तै त यसलाई पत्याएनन् । तर पछि पुष्टि भएपछि उनी अपार दुःख र क्षोभले भरिए । उनलाई जीवनकै सबैभन्दा ठूलो आघात पुग्यो, उनको मुखबाट हठात् निस्कियो — भयानक, अत्यन्त भयानक । उनी यस घटनाबाट यति आहत भए कि उनले एक वर्षसम्म यस घटनामाथि कुनै टिप्पणी गरेनन् । यसपछि उनले भने, जर्मनले एटम बम बनाउन सक्दैन भन्ने मलाई थाहा भएको भए, अमेरिकी सरकारलाई यस प्रकरणमा म आफ्नो संस्तुति दिन त के, आफ्नो एउटा औला पनि हल्लाउने थिइनँ ।

‘द वार इज वन, बट पीस नट’ नामक आफ्नो व्याख्यानमा आइस्टाइनले यसो भनेका थिए ।

यस प्रकारको नया हतियार विकसित गर्न हामीले मद्त गर्यौं, यस प्रकारणमा हाम्रो आशय स्पष्ट थियो, हामी चाहन्न थियौं मानवताका दुश्मनले हामीभन्दा पहिला यो बनाउने सफलता पाउन् ।

*******

हामीले त्यो नयाँ हतियार अमेरिका र ब्रिटिश जनताको हातमा, उनीहरुलाई सम्पूर्ण मानव जातिको प्रतिनिधि तथा शान्ति र स्वाधीनताको संरक्षक मानेर सुम्पिएका थियौं । तर शान्ति तथा स्वाधीनताको त्यो ग्यारेन्टी हामीलाई आजसम्म हेर्न पाइएन । युद्धमा विजय प्राप्त भएको छ... तर शान्ति प्राप्त भएको छैन । संसारलाई भयबाट उन्मुक्ति प्रदान गर्ने वाचा गरिएको थियो तर युद्धै समाप्त भएदेखि भय झनै कैयन गुनाले वृद्धि भएको छ ।

*******

कल्पनातीत विनाश र विध्वंश मच्चाउनु र सम्पूर्ण विश्वलाई आफ्नो गुलाम बनाइराख्नु नाजीहरुको मानसिकता रहिआएको छ । हामीले त्यो नयाँ हतियार अमेरिका र ब्रिटिश जनताको हातमा, उनीहरुलाई सम्पूर्ण मानव जातिको प्रतिनिधि तथा शान्ति र स्वाधीनताको संरक्षक मानेर सुम्पिएका थियौं । तर शान्ति तथा स्वाधीनताको त्यो ग्यारेन्टी हामीलाई आजसम्म हेर्न पाइएन । युद्धमा विजय प्राप्त भएको छ... तर शान्ति प्राप्त भएको छैन । संसारलाई भयबाट उन्मुक्ति प्रदान गर्ने वाचा गरिएको थियो तर युद्धै समाप्त भएदेखि भय झनै कैयन गुनाले वृद्धि भएको छ । संसारसंग वाचा गरिएको थियो दैनिक जीवनको उपभोग्य सामग्रीको अभाव समाप्त हुनेछ तर वास्तविकतामा विश्वको अधिकांश क्षेत्र भोकमरीले ग्रस्त छ र  अर्कोतिर केही व्यक्तिले भने आफ्नो आवश्यकताभन्दा बढी संकलन गरिरहेका छन् ।

आफ्नो जीवनको अन्तिम कालखण्डमा आइन्स्टाइनले विश्वका अन्य प्रसिद्ध वैज्ञानिक–बुद्धिजीवीसँग मिलेर अप्रिल सन् १९५५ मा ‘रसेल–आइन्स्टाइन म्यानिफेस्टो’ सार्वजनिक गरेका थिए । यस मेनिफेस्टोले मानवजातिलाई आणविक निरस्त्रीकरणका प्रति संवेदनशील हुन आग्रह गरेको थियो ।

तर आइन्स्टाइनलाई बाँचुन्जेल रुजवेल्टलाई एटम बम बनाउनका लागि लेखिएको पत्रले पोलिरह्यो । यस्तैमा १८ अप्रिल १९५५ का दिन ७६ वर्षको उमेरमा उनको देहान्त भयो ।

आइन्स्टाइन र लिओ स्जिलार्ड Source:https://www.atomicheritage.org

आइन्स्टाइनका नामले अमेरिकी राष्ट्रपतिलाई लेखिएको पत्र लिओ स्जिलार्डले लेखेका थिए । आइन्स्टाइले यस पत्रमा हस्ताक्षर गरेका थिए । तर, आइन्स्टाइनले यस पत्रको जिम्मेवारी लिए र यसलाई नै आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती माने ।

१६ नोभेम्बर सन् १९५४ मा आफ्नो पुरानो साथी लाइनस पलिगलाई लेखेको पत्रमा खेद व्यक्त गर्दै आइन्स्टाइनले लेखेका थिए– मैले आफ्नो जीवनमा त्यसबेला सबैभन्दा ठूलो गल्ती गरें जुनबेला मैले राष्ट्रपति रुजवेल्टलाई परमाणु बम बनाउनेबारे लेखिएको पत्रमा हस्ताक्षर गरें ।

आइन्स्टाइनद्वारा राष्ट्रपति रुजवेल्टलाई लेखिएको पत्रको अनुवाद

अमेरिकी राष्ट्रपति रुजवेल्ट Source: https://cdnph.upi.com

अल्बर्ट आइन्स्टाइन
ओल्ड ग्रोव रोड
नासाऊ प्वाइन्ट
पेकोनिक,लोन्ग आइसल्याण्ड
२ अगस्त १९३९

 

सेवामा,

फ्रेंकलिन डी रुजवेल्ट
राष्ट्रपति, संयुक्त राज्य अमेरिका
व्हाइट हाउस
वाशिङगटन, डी सी

श्रीमान्,

ए फर्मी र एल स्जिलार्डद्वारा गरिएको केही नवीनतम प्रयोगका पाण्डुलिपि मलाई प्राप्त भएका छन् । यसले मभित्र आशा जगाएको छ, निकट भविष्यमै यूरेनियमलाई नयाँ ऊर्जाको स्रोतका रुपमा प्रयोग गर्न सकिन्छ ।

यसैबीच देखापरेको परिस्थितिबारे आँखा खुल्ला राख्नुपर्ने र आवश्यक परेमा प्रशासन तर्फबाट शीघ्र नै कारवाहीका लागि पुकार गर्नुपर्ने आवश्यक बनेको छ । यसर्थ मलाई लाग्छ, तल लेखिएका केही तथ्य तथा यस विषयमा तपाईंको ध्यान आकृष्ट गराउनु मेरो कर्तव्य हो ।

विगतका चार महीनामा फ्रान्सको जुलियट र अमेरिकाका फर्मी र स्जिलार्डले गरेको शोघकार्यबाट यूरेनियममा रहेको अत्यधिक द्रव्यमानमा नाभिकीय अभिक्रिया गर्नु सम्भव भएको छ । यस प्रक्रियामा अति धेरै ऊर्जा र रेडियमजस्ता तŒव उत्पन्न हुन सक्छन् । मलाई लाग्छ निकट भविष्य मै प्रायोगिक रुपमा यो सम्भव हुन्छ ।

यस नयाँ उपलब्धिले परमाणु बम बनाउने मार्ग प्रशस्त गर्छ । र, यो पनि संभावना छ यसले अप्रत्याशित रुपमा अत्यन्त क्षमता सम्पन्न नयाँ किसिमका बम पनि बनाउन सकिन्छ । डुंगामा लगेर कुनै टापूमा यो बम विस्फोट गराउने हो भने यस किसिमको एउटै बमले वरिपरिका बस्ती विनाश गर्नुका साथै ठूलो विध्वंश गर्नसक्छ ।

यस नयाँ उपलब्धिले परमाणु बम बनाउने मार्ग प्रशस्त गर्छ । र, यो पनि संभावना छ यसले अप्रत्याशित रुपमा अत्यन्त क्षमता सम्पन्न नयाँ किसिमका बम पनि बनाउन सकिन्छ । डुंगामा लगेर कुनै टापूमा यो बम विस्फोट गराउने हो भने यस किसिमको एउटै बमले वरिपरिका बस्ती विनाश गर्नुका साथै ठूलो विध्वंश गर्नसक्छ । हुन त यस किसिमका बम हवाइ यातायातका लागि धेरै भारी हुनेछन् ।

संयुक्त राष्ट्रसँग भएको यूरेनियम कमसल किसिमको र थोरै मात्रामा रहेको छ । क्यानाडा र पूर्व चेकोस्लोभाकियामा राम्रो किसिमको यूरेनियम उपलब्ध छ । हुन त यूरेनियमको सबैभन्दा राम्रो श्रोत बेल्जियन कंगो हो ।

परिस्थितिलाई मध्येनजर गर्दै तपाईं यो विश्वास लिनसक्नु हुन्छ, अमेरिकामा काम गरिरहेका भौतिक शास्त्री र अमेरिकी प्रशासनका बीच आपसी सम्बन्ध सौहार्द एवम स्थायी रहनेछ । यस स्थितिलाई विकसित एवम् कायम गर्ने एउटा बाटो यो पनि हुनसक्छ, तपाईंले यसकार्यमा दक्ष कुनै एकजना आफ्नो विश्वासिलो व्यक्तिलाई यसको जिम्मा दिनुहोस् । उसले गर्ने काम यस प्रकारका हुन सक्छन् —

(१)  सरकारी विभागसंग समन्वय गरेर भइराखेको प्रगतिबारे विभागलाई जानकारी दिनु । सरकारी क्रियाकलापका लागि सिफारिस गर्नु । विशेष रुपमा युरेनियमको आपूर्ति र सुरक्षा वारे संयुक्त राष्ट्रको ध्यान आकृष्ट गराउनु ।

(२)  विश्वविद्यालयका प्रयोगशालामा सीमित बजेटमा सञ्चालित भइरहेका अनुसन्धानमा तीव्रता ल्याउनु । ठूलो ‘फन्डिग’ को आवश्यकता छ भने तपाईंको र उसको व्यक्तिगत प्रयास र सम्बन्ध प्रयोग गरेर ‘फण्ड’ जुटाउनु ।

मलाई विश्वास छ जर्मनीले चेकोस्लोभाकियाका खानीबाट प्राप्त हुने यूरेनियमको बिक्री निषेध गरेको छ । जर्मनीको यस निषेधतालाई यसरी पनि बुझनुपर्छ, जर्मनीका उपराष्ट्र सचिवको छोरो वान वीजसेकर स्वयं प्रसिद्ध र अत्यन्त प्रतिभाशाली नाभिकीय भौतिकविद हो (न्युक्लियर फिजिसिस्ट) । ऊ कैसर–विलहेम इन्स्टीच्यूट बर्लिनसंग सहकार्यमा रहेको छ । यस इन्स्टीच्यूटले अमेरिका जस्तै यूरेनियममाथि केही शोध गरिरहेको छ ।

 

तपाईंको शुभचिन्तक

अलबर्ट आइन्स्टाइन

Source:https://commons.wikimedia.org

आइन्स्टाइनद्वारा २ अगस्ट १९३९ मा लेखिएको यो पत्रमा १९ अगस्ट १९३९ मा राष्ट्रपति रुजवेल्टले जवाफ दिएर सहमति जनाएका थिए । रुजवेल्टले जवाफमा लेखेको पत्र यस्तो थियोः

Source: https://commons.wikimedia.org

कमेन्ट

  1. Aug. 17, 2019, 9:18 p.m. Rohit Bisural
    Interesting facts. Thanks a lot to the writer. My great tribute to the great scientist Albert Einstein and his team.
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...