शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुडासैनी आत्महत्या प्रकरण : चितवन फेरि तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

शनिबार, ३२ साउन २०७६, १२ : १२
शनिबार, ३२ साउन २०७६

काठमाडौं । चितवनमा शनिबार पनि पत्रकार रवि लामिछाने समर्थक र प्रहरीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । 

पत्रकार लामिछाने समर्थक भीडले निषेधित क्षेत्र तोड्न खोजेपछि दुई पक्षबीच झडप भएको हो । 

लामिछानेका समर्थकले प्रहरी कार्यालयमा समेत ढुंगामुढा गरेपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेर भीडलाई तितरबितर बनाएको छ । 

यसअघि शुक्रबार साँझ पनि प्रहरी र लामिछानेका समर्थकबीच झडप भएको थियो । झडवमा नेपाल प्रहरीका ५ जना असई घाइते भएका थिए । 

बिहीबार साँझ नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयलाई लिएर टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप