शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंमा सिचुवानको खाना : जाने होइन त खान ?

शनिबार, ३२ साउन २०७६, १२ : ४५
शनिबार, ३२ साउन २०७६

काठमाडौं । हायात रिजेन्सी काठमाडौँले शुक्रबार दश दिने सिचुवान फूड फेस्टिबलको शुभारम्भ गरेको छ ।  

चिनियाँ खानाको १३ वर्षे लामो अनुभव भएका सेफ याम बहादुर क्षेत्रीको संयोजनमा हायात रिजेन्सी काठमाडौंमा फूड फेस्टिबल सुरु भएको हो । 

सिचुवान खाना विविधतापूर्ण स्वाद र विशिष्ट पकाउने विधिका अतिरिक्त पिरोको लागि निकै प्रख्यात छ ।  

दश दिनसम्म चल्ने फूड फेस्टिबलमा पाहुनाले कयैन सिचुवान परिकारका विशिष्ट स्वादको मजा लिन सक्छन् । 

सिचुवान फूड फेस्टिबल हायत रिजेन्सीको द क्याफेमा भइरहेको छ । फेस्टिबलमा सहभागी हुने प्रत्येक व्यक्तिले २२ सय रुपैयाँका अतिरिक्त कर तिर्नुपर्नेछ । कार्यक्रम अगष्ट १६ देखि अगष्ट २५ सम्म साँझ ६ः३० देखि राति १० बजेसम्म हुनेछ । 

सिचुवान फूड फेस्टिबल हुन लागेको हायात रिजेन्सी काठमाडौं विश्वप्रसिद्ध ब्राण्ड हायात रिजेन्सीको एउटा हिस्सा हो । २८० कोठा भएको पाँच स्टार होटेल युनेस्कोमा सूचीकृत विश्व सम्पदा क्षेत्र बौद्ध स्तुपाको नजिकै रहेको छ ।  

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप