शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा चाँदी तस्करी मौलाउँदै, सशस्त्र प्रहरीद्वारा लाखौको चाँदी बरामद

शनिबार, ३२ साउन २०७६, १७ : ३३
शनिबार, ३२ साउन २०७६

जनकपुरधाम । पछिल्लो समय धनुषामा अवैध रुपमा चाँदी तस्करको बिगबिगी रहेको छ । सशस्त्र प्रहरी बल धनुषाले ८ महिनाभित्रमा करिब ३३ किलोग्राम अवैध चाँदी बरामद गरेको छ । 

विभिन्न समयमा अवैध रुपमा विभिन्न ठाउँ लैजाँदै गरेको चाँदीसहित विभिन्न व्यक्तिहरुलाई पक्राउ गर्दै आएतापनि चाँदी तस्करीमा भने कमी आएको छैन ।

भारतबाट अवैध रुपमा चाँदी ल्याउँदै गर्दा सशस्त्र प्रहरी बल धनुषाको गस्ती टोलीले भारत जयनगर भेलवा चोक बस्ने २७ वर्षीय बन्धु कुमार सिंहलाई शनिबार पक्राउ गरेको छ । 

उनलाई गस्ती टोलीले औरही गाउपालिका वडा नम्बर २ देउरीबाट पक्राउ गरेको सशस्त्र प्रहरी बल धनुषाका प्रमुख प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए ।

अवैध रुपमा ल्याइएको (१५ केजी चाँदी) १० लाख ९३ हजार १ सय १० मूल्य बराबरको रहेको उप्रेतीले बताए । यसका साथै पक्राउ परेका सिंहको साथबाट ज८प ९२३५ नम्बरको डिस्कोभर मोटरसाइकल समेत बरामद भएको छ । 

यसअघि सशस्त्र प्रहरी धनुषाले जेठ २४ गते जनकपुरधाम वडा नम्बर २३ बिन्धीबाट १२.७ किलोग्राम र २०७५ साल मंसिर ५ गते जनकपुरधाम वडा नम्ब २५ लोहनाबाट ५ किलोग्राम चाँदी अवैध रुपमा लैजाँदै गर्दा नियन्त्रणमा लिएको थियो ।

सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका सिंह, अवैध चाँदीसहित ७५ हजार रुपैयाको मोटरसाइकल जनकपुर भन्सार कार्यालयमा बुझाइने उप्रेतीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप