बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

माने र फिर्मिन्होको गोलमा लिभरपुल विजयी

शनिबार, ३२ साउन २०७६, २३ : १९
शनिबार, ३२ साउन २०७६

एजेन्सी-साविक उपविजेता लिभरपुलले इङ्लिश प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले साउथह्याम्पटनलाई २–१ गोलले हरायो । 
साउथह्यामटनको मैदानमा भएको खेलमा लिभरपुलको जितमा साडियो मानेले ४५औं र रोबर्टो फिर्मिन्होले ७१औं मिनेटमा गोल गरेका थिए  

 साउथह्याम्पटनका ड्यानी इङ्सले ८३औं मिनेटमा सान्त्वना गोल फर्काए । लगातार दोस्रो जितसँगै लिभरपुल ६ अंक बनाउँदै तालिकाको शीर्ष स्थानमा छ । दुईवटै खेलमा हार खेपेको साउथह्याम्पटनले खाता खोल्न सकेको छैन । शनिबारनै भएको अन्य खेलमा नर्विच सिटीले न्युक्यासल युनाइटेडलाई ३–१, एभर्टनले वार्टफोर्डलाई १–० र एबीसी बर्नमाउथले एस्टनभिल्लालाई २–१ गोलले हराएको छ । अर्को खेलमा ब्राइटोन र वेस्टहाम युनाइटेडले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप