शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सत्य निरुपणमा पौने ५ करोडको बेरुजु : डेढ लाखको थर्मस, ५५ हजारको तौलिया

आइतबार, ०१ भदौ २०७६, ०६ : ४५
आइतबार, ०१ भदौ २०७६

सत्य निरुपण तथा मेलमिलाप आयोगले पहिलो कार्यकालको चार वर्षमा ४ करोड ४६ लाख भन्दा बढी अनियमित खर्च गरेको पाइएको छ । हाल विघटित आयोगले गाडी, टिभी, ल्यापटक लगायत सामग्री खरिद, जिल्ला–जिल्लामा गरिएको कार्यक्रमको भत्ता वितरण लगायत शीर्षकमा मोटो रकम अनियमितता गरेको महालेखाको प्रतिवेदनले औल्याएको छ ।

द्वन्द्वपीडितले सूर्य्किरण गुरुङ नेतृत्वको आयोगले गरेका खर्चको छानबिन गर्न माग गरेका छन् । महालेखाले करोडौं रुकम बेरजु देखाएकाले छानबिनका लागि संसद्को सार्वजनिक लेखा समिति र दुवै आयोगमा नायाँ पदाधिकारी सिफारिस गर्न गठित समितिमा उजुरी दिएका छन् । 

द्वन्द्वकालमा भएका घटनाहरुको छानबिन गरी सत्य बाहिर ल्याउने र पीडितलाई न्याय दिने जिम्मेवारी पाएको आयोगले चरम आर्थिक घोटाला गरेको देखेपछि आफूहरु स्तब्ध भएको द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले बताए । यो समाचार कान्तिपुर दैनिकमा घनश्याम खड्काले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप