शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दालमोठ फ्याक्ट्रीमा आगलागी हुँदा लाखौँको क्षती

आइतबार, ०१ भदौ २०७६, ०९ : ०९
आइतबार, ०१ भदौ २०७६

धनुषामा  मिथिला नगरपालिका–१ स्थित रहेको एक दालमोठ फ्याक्ट्रीमा आगलागी हुदा लाखौंको क्षती भएको छ ।

आगलागीकबाट ८० लाख रुपैयाँ बराबरको सरसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । दालमोठ फ्याक्ट्रीमा शनिवार साँझ अचानक आगलागि  भएको थियो ।

आगलागीबाट फ्याक्ट्रीभित्र रहेका सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएको धनुषाका प्रहरी नायव उरीक्षक रामेश्वर कार्कीले जनाए ।

उनका अनुसार साँझ ७ बजेतिर आगलागी भएको थियो ।

आगलागी कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप