शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेमिकाको कोठामा झुण्डिए प्रहरी जवान, रक्सीले मातेर पुगेका थिए

आइतबार, ०१ भदौ २०७६, १० : ५९
आइतबार, ०१ भदौ २०७६

काठमाडौं । महानगरीय प्रहरी वृत्त स्वयम्भुमा कार्यरत प्रहरी जवान शंकर ठगुन्नाले झुण्डिएर आत्महत्या गरेका छन् । 

शंकर युवतीसँग ‘लिभिङ टुगेदर’ मा थिए ।
दार्चुला घर भएका प्रहरी जवान शंकरले नागाजुर्नन नगरपालिका–३ स्वयम्भूस्थित ठूलोभ¥याङ नजिकै प्रेमिकाको कोठामा आत्महत्या गरेका हुन् । 

स्वयम्भू वृत्तका प्रमुख डीएसपी लालध्वज सुवेदीले प्रहरी जवान शंकरले सलको पासो लगाएर झ्यालको रडमा झुण्डिएर आत्महत्या गरेको जानकारी दिए । 

विवाहित शंकरकी श्रीमती गाउँमै बस्दै आएकी थिइन् । घटनाबारे घरपरिवारमा समेत खबर गरिसकेको डीएसपी सुवेदीले बताए । 

शनिबार साँझ १० बजेतिर रक्सीले मातेर शंकर प्रेमिकाको कोठामा पुगेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । बेला–बेला पनि अफिसबाट छुट्टी हुनेबित्तिकै शंकर प्रेमिकाको कोठामा बस्न जाने गर्थे ।

झुण्डिएको अवस्थामा फेला परेको शंकरको शव पोष्टमार्टमको लागि अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप