शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेलायतमा खिचिदै फिल्म ‘कैदीको पत्र’

आइतबार, ०१ भदौ २०७६, १३ : २६
आइतबार, ०१ भदौ २०७६

काठमाडौं – स्व. साहित्यकार इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’मा पनि फिल्म निर्माण हुने भएको छ । साहित्यकार सनमकुमार बैरागले उक्त फिलम निर्माण गर्न लागेका हुन् । 

फिल्मको अहिले बेलायतका बिभिन्न स्थानमा सुटिङ भइरहेको छ । फिल्मको निर्देशन बैराग आफैले गरिरहेका छन् । फिल्मको पटकथा, सम्वाद र गीत पनि उनी आफैले लेखेको हुन् । 

अध्ययनको क्रममा नेपालबाट बेलायत पुगेको एक युवकको स्कटीस युवतीसँगको प्रेम र प्रेमपछि जीवनमा आउने उतारचढापको बिषय फिल्मको कथा बनाइएको छ । 

केही दिन अगाडि फिल्मको एउटा गीत छायांकन गरिएको थियो । उक्त गीत छायाँकनमा बेलायतका राजदुत साहित्यकार दुवसु क्षेत्री उपस्थित भएका थिए । सुटिङ स्थलमा उपस्थित भएर राजदूत क्षेत्रीले आफूहरुको हौसला बढाएको निर्देशक बैरागले बताए ।

फिल्ममा म्याडिसन लाजारस, कुनाल बिश्व, सलिना थापा मगर, पृथ्वी क्षेत्री, किरण कार्की, क्यारी डुड्स, चरण प्रधान, मनिष श्रेष्ठ, सुस्मिता थापा, सुवर्ण थापाले अभिनय गरेका छन् । 

रामेश्वर कार्कीको छायांकन, कबिराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्धन्द्ध निर्देशन, सुरेश सेन्चुरी र बिनम्र कर्माचार्यको संगीत रहेको फिल्मको मुख्य सहायक निर्देशक रामशरण कोइराला र सहायक निर्देशक सुस्मिता थापा हुन् । 

कलिना–रुबिन श्रेष्ठ,हिराल आमीन जोशी र दिल घले निर्माता रहेको फिल्मको हालसम्म ५० प्रतिशत छायांकन सकिएको जानकारी निर्देशक बैरागले दिएका छन् । 

फिल्म सुटिङका लागि केही साताअघि प्राबिधिकको एक काठमाडौबाट टोली बेलायत उडेको थियो । हालसम्म स्कटल्याण्डको क्रफ, आवरफेल्दी, केनमोर, किलिङ्ग, ग्लास्को, ओवनलगायतका स्थानमा सुटिङ गरिएको ‘कैदीको पत्र’छायांकन अझै दुई साता चल्ने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप