रौतहटमा जंगली हातीले एकघर भत्कायो
आइतबार, ०१ भदौ २०७६, १४ : २९
रौतहट– रौतहटस्थित गएराती जंगली हातीले एकजनाको घर भत्काएको छ । जिल्लाको उतरीभेग चन्द्रपुर नगरपालिकास्थित जंगली हातीले घर भत्काएको हो । शनिबार राती १२ बजेको समयमा चन्द्रपुर नगरपालिका वडानं ८ मरधर गैरी टोलका वीर बहादुर वाईवाको घर भत्काएको हो ।
२ वटा हात्तिले रातीको समयमा वाईवाको काठको घर भत्काउनुका साथै अन्नपात समेत खाएर नष्ट पारेको पिडित परीवारले जनाएको छ । हात्तीले दुइलाख बराबरको धनमाल नष्ट पारेको पीडित वाईवाले जानकारी दिए ।
एकघण्टा सम्म घर भत्काएर हात्ति सोही स्थानमा बसेपछि गाँउलेले राँको बालेर होहल्ला गरेपछी हाती त्यहाँ बाट भगेका थियो । घर अगाडीबाट हात्तिले आक्रमण गर्न थालेपछि वाईवा परिवारका सबै सदस्य घर पछाडीबाट भागेर बाच्न सफल भएको गाँउलेहरुको भनाइ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढ्दो सहरीकरणले भूकम्पीय जोखिम बढायो : राष्ट्रपति पौडेल
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस
-
म्याक्सचेञ्ज मेला आयोजना गर्दै टाटा मोटर्स
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित