बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ रेमिटको ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको वहार’ अभियान

आइतबार, ०१ भदौ २०७६, १४ : २९
आइतबार, ०१ भदौ २०७६

काठमाडौं– मुक्तिनाथ विकास बैंकअन्तर्गतको मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र १ देखि कार्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको वहार’ अभियान सञ्चालन गरेको छ । 

यस अभियान अन्तर्गत तोकिएको अवधिभित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउने वा कुनै पनि रेमिट्यान्स मार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट लिने सम्पुर्ण ग्राहकहरु मध्येबाट भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गरिने मुक्तिनाथ रेमिटले जनाएको छ ।

७६ पुरस्कारहरुमध्ये २५ जनालाई ब्लूटुथ स्पीकर, २० जनालाई प्रेसर कुकर, १५ जनालाई स्मार्ट मोबाईल सेट, ७ जनालाई, ३२ इन्चको स्मार्ट एचडी टिभी, ५ जनालाई २सय लिटरको फ्रिज, ३ जनालाई ल्यापटप र १ जनालाई स्कुटर वितरण गरिने रेमिटले जनाएको छ ।

भाग्यशाली विजेताहरुको घोषणा यस बैंकका ब्राण्ड एम्बेस्डर सीताराम कट्टेल ( धुर्मुस) र कुञ्जना घिमिरे ( सुन्तली) बाट २०७६ मंसीर १५ गते आईतबार ३ बजे यस विकास बैैंकको फेसबुक पेजमार्फत लाईभ हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप