मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

संसद बैठकमा तीन प्रतिवेदन पेश

आइतबार, ०१ भदौ २०७६, १४ : ३७
आइतबार, ०१ भदौ २०७६

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा तीन वटा प्रतिवेदन पेश भएको छ । बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘वन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गरिन् । 
 
यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठका तर्फबाट सांसद कृष्णगोपाल श्रेष्ठले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ र ‘२०७६ असार अन्तिम साता परेको अविरल वर्षाका कारण बाढी र डुबानबाट प्रभावित जिल्लाको स्थलगत निरीक्षण तथा अनुगमन प्रतिवेदन, २०७६’ पनि पेश गरे ।
   
गत वर्ष चैतमा बारा र पर्सा एवं त्यसपछि कैलाली तथा कञ्चनपुरमा गएको हावाहुरी क्षेत्रको स्थलगत अनुगमनको प्रतिवेदन पनि सँगै रहेको उनले सदनसमक्ष जानकारी गराए । सो क्षेत्रमा समितिले वैशाख ६ देखि ८ गतेसम्म अनुगमन गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप