मोफसल यात्रामा ‘जाइरा’ युनिट
काठमाडौं – आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘जाइरा’ युनिट यतिबेला मोफसल यात्रामा रहेको छ । फिल्मको प्रचारका साथै दर्शकको प्रतिक्रिय बुझ्न निर्माण युनिट कलाकारसहित केही दिन पहिले मोफसल टुरमा निस्किएको हो ।
फिल्म प्रचारको क्रममा निर्माण युनिट शुक्रबार पोखरा पुगेको थियो । पोखरमा दिनभर विभिन्न कार्यक्रम गरेर फिल्मको प्रचार गरेको यो युनिटले शनिबार चितवन पुगेको थियो । चितवन पछि यो युनिट आज बुटलवल पुगेको छ । बुटवलमा विभिन्न कार्यक्रमसहित फिल्मको प्रचार गर्नुका साथै दर्शकसँग कलाकारको साक्षतकार गराउने कार्यक्रम रहेको कार्यकारी निर्माता प्रसन्न गोपालीले बताए ।
मोफसल टुरमा चलचित्रकी मूख्य पात्र नायिका नम्रता श्रेष्ठ, अभिनेता प्रमोद अग्रहरी, कलाकारहरु सुजिता श्रेष्ठ र सम्राट मगर लगायत रहेका छन् । कार्यक्रममा अभिनेत्री नम्रताले फिल्म राम्रो बनेको दाबी गरिन् । उनले पहिलो पटक आफु एक्शन अवतारमा उत्रिएको बताउँदै दर्शकले आफ्नो एक्सन रुचाउने दाबी गरिन् ।
आशुतोषराज श्रेष्ठले निर्देशन गरेको फिल्ममा जाइरा’ मा नम्रता श्रेष्ठ, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, श्रृजना रेग्मी, सुजिता श्रेष्ठ, सम्राट मगर लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी