मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

ह्याम्स अस्पतालको ‘तीज स्पेशल वमन्स हेल्थ प्याकेज’ मा ५० प्रतिशत छुट

आइतबार, ०१ भदौ २०७६, १५ : १०
आइतबार, ०१ भदौ २०७६

काठमाडौँ– तीजको अवसरमा ह्याम्स अस्पताललले महिला दिदी—बहिनीको लागि होलबडी चेकअपमा विशेष छुट ल्याएको छ । ‘तीज स्पेशल वमन्स हेल्थ प्याकेज’ मा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।  स्वास्थ्य महत्वपूर्ण भएको हुँदा तीजको अवसरमा महिलाहरुले स्वास्थ्यमा पनि ध्यान जाओस् भन्ने उदेश्यका साथ होडवडी चेकअपमा  ५० प्रतिशत छुट ल्याएको अस्पतालले जनाएको छ । 

यो छुट अवसर भदौँ १ देखि भदौ १६ गतेसम्म सञ्चालन हुनेछ । स्पेशल छुटमा सुगर, सिबिसि,यूरेन,ई.सि.जि, छातीको एक्सरे, स्त्री रोग, दाँत लगायत झण्डै २० प्रकारका भन्दा धेरै थरीका स्वास्थ्य परीक्षण गर्न पाइनेछ ।  अन्य समयमा १० हजार ५ सय रुपैयाँमा लाग्ने होलवडी चेकअपमा ‘तीज स्पेशल वमन्स हेल्थ प्याकेज’ मा भने ५ हजार २ सय ५० रुपैयाँमा सेवा लिन सकिने छ । 

धुम्बाराईमा रहेको ह्याम्स अस्पताललको व्यवस्थापन फेरिएसँगै नेपालमै नाम चलेका चिकित्सकबाट सेवा प्रदान गरिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप