मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

रिङ्कु भाभी बनेर जब विवाहमा पुगे सुनिल, सहभागी भए हैरान

आइतबार, ०१ भदौ २०७६, १६ : ०५
आइतबार, ०१ भदौ २०७६

मुम्बई– सुनील ग्रोवरको नाम लिने बितिकै हाम्रो दिमागमा उनले निर्वाह गरेको गुत्थी, डा.मशहुर गुलाटी र रिंकु भाभी जस्ता चरित्र याद आउने गर्दछ । यी सबै भूमिका उनले कपिल शर्मा शोमा निर्वाह गरेका थिए । यी सबै भूमिकामार्फत सुनिलले दर्शकको दिलमा विशेष स्थान बनाएका छन् । अहिले पनि कपिल शर्मा शोमा दर्शकले उनका यी भूमिका मिस गर्ने गरेका छन् । 

जब उनले कपिल शर्मा शो छोडेका थिए । दर्शक निरास देखिन्थे । कपिल शर्मा शोपछि उनलाई दर्शकले अली अब्बास जफरको फिल्म भारतमा देख्न पाए । फिल्ममा उनी सलमान खानको साथीको भूमिकामा थिए । सँधै जस्तो उनले फिल्ममा निर्बाह गरेको भुमिकाबाट तारिफ समेत पाए ।

हालै एक विवाह कार्यक्रममा उनी रिंकु भाभीको गेटअपमा सहभागी भए । उनलाई देख्ने बितिकै बिवाह समारोहमा सहभागी हैरान भए । केहीले उनको मजाक उडाए भने धेरैले उनीसँग मनोरन्जन लिए ।

उक्त अवसरको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा सुनील रिंकु भाबी गेटअपमा ‘मेरे पति मुजको प्यार नहि करता’ गीत गाएको अवस्थामा देखिएका छन् । कफिल शर्मासँगको बिवादका कारण २०१७ मा सुनिलले कफि शर्मा शो छोडेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप