मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

‘आइसिटी अवार्ड २०१९’ १० विधामा वितरण

विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ नीति ल्याउँदै छौं: मन्त्री पोखरेल

आइतबार, ०१ भदौ २०७६, १६ : १८
आइतबार, ०१ भदौ २०७६

काठमाडौं– चौथो संस्करणको आइसिटी अवार्ड २०१९ सम्पन्न भएको छ । सूचना प्रविधि क्षेत्रको अग्रणी मिडिया लिभिङ विथ आइसिटीको आयोजनामा शनिबार राजधानीस्थित सोल्टी क्राउन प्लाजामा भएको अवार्डको ग्रान्ड फिनालेमा विभिन्न १० विधामा अवार्ड वितरण भयो ।

‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित भएको अवार्ड कार्यक्रमका विजयीहरुलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, पूर्वमन्त्री गणेश साह, पूर्वमन्त्री एवं सांसद महेश बस्नेत र अन्य विशिष्ट अतिथिले सम्मान गरेका थिए । 

१० विधाअन्तर्गत स्टार्टअप आइसिटी अवार्ड ई–डिजिटल नेपाल प्रालिले प्राप्त गर्न सफल भयो भने प्रडक्ट आइसिटी अवार्ड मेडिफ्लो सिस्टम एन्ड सर्भिसेसले हात पा¥यो । त्यस्तै राइजिङ स्टुडेन्ट प्रोजेक्ट अवार्ड पुल्चोक क्याम्पसका विद्यार्थीहरुले विकास गरेको प्लाटफर्म ‘रक्तदान’ले जित्न सफल भयो ।

यस वर्षको आइसिटी पायोनियर अवार्ड राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं विकास अभियान्ता महावीर पुनले प्राप्त गरे । त्यस्तै आइसिटी आन्टरप्रेनियर अवार्डबाट जानकी टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत अमित अग्रवाललाई वितरण गरियो । 

समारोहमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले विज्ञान तथा प्रविधि क्षेत्रका लागि नयाँ नीति ल्याउने कार्य अन्तिम चरणमा रहेको बताएका छन् । १५ वर्षपछि यो क्षेत्रका लागि नयाँ नीति बन्न लागेको बताउँदै उनले विकास र समृद्धिका लागि सरकारले प्रविधि क्षेत्रलाई उच्च प्राथमिकता पारेको बताए । 

विश्वमा देखिएको प्राविधिक क्रान्तिमा नेपाललाई जोड्न सरकार मात्रै एक्लै हिँडेर सम्भव नहुने भएकाले निजी क्षेत्रसँग साझेदार गर्दै भावी लक्ष्य प्राप्ति गर्नुपर्नेमा उनको जोड रहेको थियो । मन्त्री पोखरेलले आइसिटी अवार्डबाट पुरस्कृत विजयीहरुलाई आगामी दिनमा योजनाबद्ध रुपले काम गर्दै समृद्ध देशका लागि एकजुट हुन शुभकामना दिए । 

विदेशमा रहेर पनि नेपालको आइटी क्षेत्रमा उल्लेख्य योगदान दिने व्यक्तिलाई दिइने नेपाली डायस्पोरा आइसिटी अवार्ड प्रसिद्ध एआई कम्पनी फ्युज मेशिनका संस्थापक डा. समीर मास्केले प्राप्त गरे ।  आइसिटी अवार्ड अन्तर्गत सार्वजनिक सेवाप्रवाहमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने सरकारी कार्यालय÷संस्थालाई दिइने डिजिटल गभर्नेन्स अवार्ड लोकसेवा आयोगले प्राप्त गरेको छ । 

त्यसैगरी सूचना प्रविधिलाई अधिकतम प्रयोग गरी शिक्षण पद्धतिमा सुधार ल्याएको मूल्यांकन गर्दे नेपाल खुला विश्वविद्यालयलाई डिजिटल एजुकेशन आइसिटी अवार्ड वितरण गरियो । त्यस्तै कान्तिपुर दैनिकका पत्रकार विजय तिमिल्सनालाई मिडिया पर्सन आइसिटी अवार्ड वितरण गरेको छ । १९ वटा प्रडक्ट तथा स्टार्टअपमध्ये किताबयात्रा प्रालिले पब्लिक च्वाइस अवार्ड २०१९ प्राप्त गरेको छ । कार्यक्रममा स्व. कर्मठ डंगोललाई आइसिटी मरणोपरान्त सम्मान दिइएको थियो ।

आइसिटी अवार्ड २०१९ का निर्णायक मण्डलका संयोजक हेमपाल श्रेष्ठले यसपटक विभिन्न छनौट प्रक्रिया अवलम्बन गर्नुका साथै उत्कृष्ट कम्पनी, प्रडक्ट र संस्थाको फिल्ड भिजिट पनि गरिएको जानकारी दिए । आइसिटी अवार्डका संयोजक राजन लम्सालले नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्ने हेतूले आइसिटी अवार्ड आयोजना गरिएको जानकारी दिदै यस वर्षको अवार्डमा देशव्यापी रुपमा विभिन्न विधामा सहभागीहरु आएको बताए । उनले सूचना प्रविधि उद्योग निर्माणमा अवार्डले महत्वपूर्ण योगदान दिन सक्ने भनाइ राखे । 

यस वर्षको स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डका विजेतालाई राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सहुलियतपुर्ण विनाधितो ऋण दिने घोषणा गरेको छ । यसैगरी आइसिटी अवार्डको इन्स्योरेन्स पार्टनरको रुपमा रहेको एसियन लाइफ इन्स्योरेन्सले सम्पूर्ण अवार्ड विजेताहरुलाई १० लाखसम्मको इन्स्योरेन्स गरिदिने भएको छ । यसबाहेक अवार्डका विजेताहरुले विभिन्न छुट, सुविधा, लगानीको अवसर आदि प्राप्त गरेका छन् ।

आइसिटी अवार्डले स्टार्टअप र इन्नोभेसनलाई देशभरबाट खोज्दै सम्मान, प्रवद्र्धन र लगानीको लागि समेत वातावरण बनाएको जुरी सदस्य तथा सुस्मित इन्टरनेशनलका प्रबन्ध निर्देशक सुशिल पोखरेलले बताए । 
आइसिटी अवार्ड २०१९ सफल बनाउन सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक, आइपिएस कनेक्ट, सगरमाथा इन्जिनियरिङ कलेज, डिजिकम, भायानेट, इमिनेन्स वेज, टेक्सास कलेज कलेज, एफवान सफ्ट, एसिसिए लगायतले विशेष सहयोग गरेका थिए ।

यसैगरी कार्यक्रममा इन्फोडेभलपर्स, साइबरनेटिक्स, वल्र्डलिंक, समृद्धि कलेज, क्याम्ब्रिज इन्स्टिच्युट, भिजिट नेपाल लगायतको सहयोग रहेको थियो । प्रमिश टु सेक्युर, बिटी र टेक्नोरोयोले कार्यक्रममा सहकार्य गरेका थिए ।

हिमालय टेलिभिजन एचडीबाट कार्यक्रमको प्रत्यक्ष प्रशारण भएको थियो । जेष्ठ १ देखि ३२ गतेसम्म लिइएको अनलाइन आवेदनमा देश तथा विदेशबाट विभिन्न ९ विधामा २ सयभन्दा बढिको नोमिनेशन दर्ता भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप