मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

भारतीय प्रधानमन्त्रीको भुटान भ्रमण, विपक्षी नेतासँग भेटघाट

आइतबार, ०१ भदौ २०७६, १६ : २२
आइतबार, ०१ भदौ २०७६

थिम्पु– भुटानको दुई दिने औपचारिक भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार त्यहाँका मुख्य विपक्षी पार्टीका नेता डा.पेमा ग्याम्त्सोसँग भेटवार्ता गरेका छन् ।  भारतीय विदेश मन्त्रालयका अनुसार दुबै नेताबीच भारत–भुटानबीचको द्वीपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचार विमर्श भएको थियो । डा.पेमा भुटानको राष्ट्रिय सभामा मुख्य विपक्षी दलका नेता हुन् ।

आइतबार नै रोयल युनिभर्सिटी भुटानमा आयोजित समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले दुवै देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक परम्पराले विशिष्ट स्थिति निर्माण गरेको र सम्बन्ध अझ प्रगाढ बनाएको चर्चा गरे ।

प्रधानमन्त्री मोदीले भुटानसँग जलविद्युत बाहेकका अरु क्षेत्रमा पनि सहयोग गर्न तत्पर रहेको बताए । त्यस समारोहमा विद्यार्थीहरुका साथै सांसदहरुको बाक्लो उपस्थिति थियो । उक्त सम्बोधनपछि प्रधानमन्त्री मोदीले चोर्तेनको भ्रमण गरी खद्दर अर्पण गर्नुका साथै दीप प्रज्ज्वलन गरेका थिए ।

मोदी भुटानको दुई दिने भ्रमणका सिलसिलामा शनिबार यहाँ आइपुगेका थिए । भ्रमणका क्रममा ७२० मेगावाटको मे¬ङदेछु जलविद्युत परियोजनाको शुभारम्भ गर्नुका साथै भारतीय अन्तरिक्ष विज्ञान संस्थान (इस्रो) को ग्राउन्ड अर्थ स्टेसनको उदघाटन गरेका थिए । 

प्रधानमन्त्री मोदी र भुटानका प्रधानमन्त्री लोटे छिरिङको उपस्थितिमा दुई देशबीच नौ वटा समझदारी पत्र र एउटा ऊर्जा खरिद सम्झौतामा हस्ताक्षर भएका थिए । 

मोदी आइतबार स्वदेश फर्कर्नेछन् । –एएनआई/Photo: ANI
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप