मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

१६ लाख रुपैयाँ लुटियो भन्दै घरमा लुकाउने पक्राउ

आइतबार, ०१ भदौ २०७६, १७ : ०१
आइतबार, ०१ भदौ २०७६

काठमाडौँ । १६ लाख रुपैयाँ लुटियो भन्दै प्रहरीलाई खबर गर्ने एक युवा उक्त रकमसहित पक्राउ परेका छन् ।

न्युरोडका व्यवसायी दीपक गोयलले आइतबार आफ्नै कामदार भारत घर भएका मनिष कुमार साहलाई बजारबाट उठेको रकम बैैङ्कमा जम्मा गर्न पठाएका थिए ।

तर, साहले उक्त रकम बैङ्कमा जम्मा गर्नुको साटो लुटिएको भन्दै प्रहरीलाई फोन गरेका थिए ।

तत्कालै महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले साहलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले आफू बस्ने कोठामा टिभी पछाडी लुकाएको बयान दिएका थिए ।

उनको बयानका आधारमा डल्लुस्थित साहको कोठामा प्रहरी पुगेर १६ लाख रुपैयाँ बरामद गरेको परिसरका प्रवक्ता होविन्द्र वोगटीले रातोपाटीलाई बताए ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप