शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समाजवादी पार्टीका सांसद यादवले फिर्ता लिए राजीनामा

आइतबार, ०१ भदौ २०७६, १८ : १३
आइतबार, ०१ भदौ २०७६

काठमाडौं –समाजावादी पार्टीका सांसद सूर्यनारायण यादवले आफ्नो राजीनामा फिर्ता लिएका छन् । स्वास्थ्यको कारण देखाउँदै साउन २७ गते आफ्नो सांसद पदबाट राजीनामा दिएका यादवले आफ्नो राजीनामा फिर्ता लिन सहमत भएको सांसद प्रदिप यादवले बताए । 

आज बसेको समाजवादी पार्टीको संसदीय दलको बैठकमा भएको छलफलअनुसार उनले दिएको राजीनामा फिर्ता लिएको सहमति जनाएको बताइएको छ ।  सप्तरी १ बाट चुनाव जितेका यादव आफू अस्वस्थ्य भएको भन्दै राजीनामा दिएपनि उनी पार्टीको क्रियाकलापबाट असन्तुष्ट भएर राजिनामा दिएका थिए । 

उनी सांसदमा जितेपनि उनको केही भूमिका थिएन । न पार्टीमा भूमिका थियो न संसदमा कुनै भूमिका थियो । यसैबाट असन्तुष्ट भएर उनले राजीनामा दिएको पार्टी स्रोतले जनाएको छ । राजीनामा दिएपछि पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र डा.बाबुराम भट्टराईले सांसद यादवसँग कुरा गरेका थिए । दुईजनाले कुराकानी गरेपछि उनी राजीनमा फिर्ता लिन तयार भएको बताइएको छ । 

त्यसैले नागरिकता विधेयकको विषयमा समाजवादी पार्टीले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग छलफल गर्ने भएको छ । साथै, नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालबीच एकीकरणपछि संसदीय दल पनि समायोजन भएको जानकारी सभामुखलाई जानकारी गराउने निर्णय समेत बैठकले गरेको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप