शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपा सचिवालय बैठक जारी, कार्यविभाजनका वाँकी आजै टुंग्याउने

आइतबार, ०१ भदौ २०७६, १८ : १९
आइतबार, ०१ भदौ २०७६

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक बालुवाटारमा जारी छ । आजको बैठकले कार्यविभाजनका सवै काम टुंग्याउने नेताहरुले बताएका छन् । 

बैठकले २२ जनवर्गीय संगठनको इन्चार्ज तथा सहइन्चार्ज तोक्ने छ । यस्तै विशेष कमिटी गठन, सम्पर्क समन्वय कमिटी गठन, प्रवासका इन्चार्ज र सहइन्चार्ज र सचिवालय सदस्य झलनाथ खनालको वरियताको बिषयमा निर्णय गर्ने नेताहरुले बताएका छन् । 

सचिवालय बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप