बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

वाई वाई ग्लोकल टिन हिरो २०१९ को अन्तिम ६ प्रतिस्पर्धी घोषणा

आइतबार, ०१ भदौ २०७६, १८ : ४५
आइतबार, ०१ भदौ २०७६

काठमाडौं– वाई वाई ग्लोकल टिन हिरो २०१९ का अन्तिम ६ प्रतिस्पर्धी छानिएका छन् । देशभरबाट आएका किशोर किशोरीहरुको प्रतिक्रियापश्यात वाई वाई ग्लोकल टिन हिरो २०१९ को लागि छनोटमा परेका उत्कृस्ट ६ प्रतिस्पर्धीको नाम घोषणा भएको हो ।

यस वर्ष पनि प्रतिस्पर्धाको लागि प्रतिभा भएका किशोर किशोरीहरुले आफ्नो विविध क्षमतालाई प्रस्तुत गर्दै देशभरबाट ५८९ आवेदन परेको थियो । 

आवेदकहरुले विभिन्न विधा जस्तै सामाजिक कार्य देखि पत्रकारिता, रोबोटिक्स देखि कम्प्युटर प्रोग्रामिङ, उद्यमशिलता देखि सामाजिक विकासका लागि आफ्नो सिप र विशेष येग्यतालाई प्रस्तुत गर्दै समाजमा राम्रो प्रभाब पार्ने काम गरेका छन् । 

छनौटमा परेका प्रतिस्पर्धीहरुमा विधी मण्डल जनकपुर, विक्रम पराजुली पोखरा, लभ पन्थी रुपन्देही, राछिन कलाखेती मकवानपुर, समिर फूयाल मोरङ र सुप्रिया महर्जन काठमाडौं रहेका छन् ।

यस कार्यक्रमले किशोर किशोरीहरुमा भएको रचनात्मक सोच, उत्साहलाई प्रस्फुटन गर्न प्रोत्साहित गर्दै  उनीहरुमा भएको उद्यमी सोचलाई विकास गर्न मद्दत गर्नेछ । यो वर्ष पनि वाई वाई ग्लोकल टिन हिरोको अवार्ड कार्यक्रम सेप्टेम्बर १ मा नेपालका दिग्गजहरुको उपस्थितिमा हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप