शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

आइतबार, ०१ भदौ २०७६, १८ : ४८
आइतबार, ०१ भदौ २०७६

काठमाडौँ– सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले अन्तरिम आदेश दिएको हो ।  

आइतबार छोटो समयको लागि जिल्लाको पक्राउ पुर्जी बदर गर्दै  प्रधानन्याधीश जबराको एकल इजलासले सो आदेश दिएको हो ।

अल्पकालीन आदेश भदौ १५ गतेसम्मलाई तोकिएको छ । केही दिनअघि बहुविवाह मुद्दा दायर भएपछि शिल्पा र निर्माता छवि ओझालाई पक्राउ गर्न जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

बचाउको लागि शिल्पा निषेधाज्ञा मुद्दा लिएर उच्च अदालत पाटन पनि पुगेकी थिइन् । उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि उनी साउन २९ मा उनी सर्वोच्च पुगेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप