शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रुडेन्सियल इन्स्योरेन्सको सत्रौं वार्षिक साधारणसभाः १ अर्ब ३७ करोड प्रिमियम संकलन

आइतबार, ०१ भदौ २०७६, १९ : ०५
आइतबार, ०१ भदौ २०७६

काठमाडौं– निर्जीवन बिमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारण सभा भाद्र १ गते  विरगंज पर्सामा सम्पन्न भएको छ ।

सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवण कुमार अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ३७ करोड १६ लाख ९४ हजार  ७ सय ४० रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको व्यहोरा अध्यक्ष अग्रवालले साधारण सभामा जानकारी गराए ।

आ.व. २०७४/७५ मा कम्पनीले १६ करोड २२ लाख १५ हजार ७ सय ३४ रुपैयाँ खुद मुनाफा हासिल गर्न सफल भएको छ ।

यस भन्दा अघि कम्पनीको विशेष साधारण सभाले ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय पारित गरिसकेको छ । सो हकप्रद  शेयर जारी  पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब  २ करोड ६४ लाख ३२ हजार पुग्ने कम्पनीले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप