शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तीन वर्षभित्रै कर्णाली करिडोर

सोमबार, ०२ भदौ २०७६, ०६ : ४५
सोमबार, ०२ भदौ २०७६

त्रिदेशीय व्यापारिक ‘ट्रान्जिट’का रूपमा उच्च महत्व राख्ने कर्णाली करिडोरको निर्माणले गति पाएको छ । आगामी तीन वर्ष्भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त करिडोरको अब ३१ किलोमिटर मात्रै ट्र्याक खोल्न बाँकी छ । सडक विभाग र नेपाली सेनाले एकै पटक छुट्टाछुट्टै खण्डमा कर्णाली करिडोर निर्माण गरिरहेका छन् ।

पर्याप्त बजेट विनियोजन भए चालू आर्थिक  वर्षभित्रै करिडोरको ट्र्याक निर्माण पूरा हुने छ । कुल २८४ किलोमिटर करिडोरअन्तर्गत कालीकोटको खुलालुबाट बाजुराको कवाडी हुँदै चिनियाँ सीमा जोड्ने हुम्लाको हिल्सासम्मको पाँच स्थानमा ट्र्याक खोल्न बाँकी रहेको उत्तर दक्षिण व्यापारिक आयोजनाले जनाएको छ ।

हुम्लाका अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेरा भन्छन्, “सञ्चार सम्पर्कसम्म नहुने अदानचुलीको गल्फागाड र सर्केगार्ड गाउँपालिकाको जैरको खच्चामा नेपाली सेनाको निर्माण कार्यदलले तीव्र रूपमा काम गरेको देखिन्छ । अब छिट्टै पूरा हुने आशा पलाएको छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा ईश्वरचन्द्र झाले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप