बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यौनिकतामाथि ट्रोल गर्नु भारी साबित, करण जोहरले दिए रोचक जवाफ

सोमबार, ०२ भदौ २०७६, ०९ : ११
सोमबार, ०२ भदौ २०७६

बलिउड फिल्म निर्माता करण जोहरको यौनिकता सधैं नै प्रश्न चिन्ह खडा हुन्छ । ट्वीटरमा एक प्रयोगकर्ताले करणलाई उनको यौनिकताको विषयमा ट्रोल गर्ने कोसिस गरे । यद्यपि, प्रयोगकर्ताले जुन ट्वीट गरेका थिए त्यो अब डिलिट भइसकेको छ । उक्त ट्वीटमा लेखिएको थियो, ‘करण जोहरको जीवनमा एउटा फिल्म बन्नुपर्छ ।’

ट्रोलरको यो ट्वीटको करणले व्यंग्यात्मक तरिकाले जवाफ दिँदै लेखे, ‘द गे’ । करणले यसलाई रि–ट्वीट गर्दै लेखे, ‘तपाईं वास्तवमा नै ओरिजिनल जिनियस हुनुहुन्छ । यतिका दिनसम्म कहाँ लुक्नु भएको थियो ? आज ट्वीटरमा सबैभन्दा अनुकुल मुद्दा उठाएकोमा तपाईंलाई धन्यवाद ।’

केही दिन अघि अरबाज खानको शोमा करण जहोरले सोसल मिडिया ट्रोलिङबारे भनेका थिए, ‘पहिला जब म ट्रोल हुन्थेँ तब निकै दुःखी हुन्थेँ र रिसाउँथे पनि । तर अब म यो स्थितीलाई शानदार मनोरञ्जनको रुपमा हेर्छु । आजकाल जब मलाई ट्रोल गरिन्छ तब म यसको भरपुर मज्जा लिन्छु ।’

‘तपाईं मसँग कुरा गर्न सक्नुहुन्छ तर मलाई रोग लागेको वा ममाथि केही गलत भइरहेको जस्तो देखाउन आवश्यक छैन,’ उनले भने ।

कामको कुरा गर्ने हो भने करण जोहरको ब्यानर धर्मा प्रोडक्सनमा बनेको फिल्म कलंकले बक्स अफिसमा खासै कमाल देखाउन सकेन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप